काठमाडौं । ‘चन्द्रागिरिको चाहना, समुन्नत समाजको सृजना’ भन्ने मुल नाराका साथ स्थापना भएको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था २२ औं वर्षमा प्रवेश गरेको छ । संस्थाले विविध कार्यक्रम गरी २१औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले सदस्यहरुलाई शुभकामना सन्देश दिएका छन् ।
उनले साकोस सम्बद्ध सम्पूर्ण संस्थापक, अग्रज नेतृत्व, सञ्चालक, सदस्य र सम्पूर्ण शुभचिन्तकमा बधाई तथा शुभकामना दिएका हुन् । सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनका लागि समुदायमा आधारित रहेर सञ्चालित यस संस्थाले आरोह र अवरोहहरुबीच नयाँ पहिचान बनाएको उनले बताए । सदस्यले संस्थाप्रति देखाएको विश्वास र सक्रियताले संस्था सफल हुन प्रेरणा मिलेको अध्यक्ष कुँवरले बताए ।
Leave a comment