काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सातौ सदस्य सुबिधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालन भएको छ । संस्थाले सो सुविधा काउन्टर आज सोमबारबाट कारोबार शुरु गरेको हो ।
संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ बजार स्थित सदस्य सुविधा काउण्टरको उद्घाटन गरेका हुन् । अध्यक्ष श्रेष्ठले शेयर सदस्यलाई सर्वसुलभ सुबिधा उपलब्ध गराउन थप सदस्य सुविधा काउन्टर उद्घाटन गरेको बताए। उनले भने –हामी उपत्यकामा अझै केही सदस्य थप सुविधा काउन्टर सञ्चालन गर्नेछौ ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले सदस्यलाई थप सेवा दिन नयाँ बजारमा सातौ सदस्य सुविधा काउन्टर स्थापना गरेको बताए । उनले नेपालको उत्कृष्ठ सहकारी संस्थाको पहिचान दिन सफल संस्थाले थप सुविधा विस्तार गर्ने लैजाने बताए । उनले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए ।
पुल्चोकमा मुख्यकार्यालय रहेको संस्थाले यसअघि ललितपुर चापागाँउ, काठमाडौंको चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरिसकेको छ । प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको बताए ।
संस्थाले हालसम्म ३ सय भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ । संस्था २०५६ साल भदौ १८ गते दर्ता भै असोज १५ गतेबाट कारोबार सुरु गरेको हो ।
Leave a comment