काठमाडौं । राष्ट्रिय सहकारी बैकले नयाँ ब्याजदर तय गरेको छ । बैशाख ४ गतेदेखि लागु हुनेगरी बैंकले बचत तथा ऋणको ब्याजदर परिर्वतन गरेको हो । बैंकले साधारण बचतमा हजारसम्मको साधारण निक्षेपमा ४.५० प्रतिशत र १ हजारसम्मको निक्षेपमा ४.७५ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै १० हजार सम्मको विशेष बचतमा ५ प्रतिशत दिने भएको छ ।
सुपर बचत अन्तर्गत २५ हजारदेखि १० लाखसम्मको निक्षेपमा ५.२५, १० लाखदेखि २५ लाखसम्मको ५.५० र २५ लाख भन्दा माथिको मौज्जादमा ५.७५ प्रतिशत ब्याज दिने भएको हो । एनसिबिएल समुन्नत बचत खाता अन्तर्गत १० लाखसम्मको मौज्जातमा ५.५०, १० लाखदेखि २५ लाखसम्मको मौज्जादमा ६, २५ लाखदेखि ५० लाखसम्मको मौज्जातमा ६.५० र ५० लाख भन्दा माथिको मौज्जातमा ७ प्रतिशत ब्याज दिने भएको छ ।
अनिवार्य नियमित बचत अन्र्तगत १ हजार जम्मा गर्दा ८ प्रतिशत र २ लाख भन्दा माथिको जम्मा गर्दा ९.२५ प्रतिशत ब्याज दिने जनाइएको छ । क्रमिक बचत अन्र्तगत एक वर्षे अवधिलाई ९.२५, ३ वर्षसम्मको लागि १०.२५, ५ वर्षसम्मको अवधिका लागि ११.२५ प्रतिशत ब्याज दिने भएको छ ।
मुद्धती निक्षेपमा ३ देखि ६ महिनासम्म १०.७५, १ वर्षसम्म ११, २ वर्षसम्म ११.२५, ४ वर्षसम्म ११.५०, ५ वर्षसम्म ११.७५ प्रतिशत ब्याज दिन्छ । एनसिबिएल समुन्नत मुद्धती खाताअन्र्तगत ६ महिनासम्म १२.५०, १ वर्षसम्म १३ र ५ वर्षसम्म १३.५० प्रतिशत ब्याज दिने छ ।
कृषितथा कृषि परियोजना कर्जा (किस्ताबन्दी) ३ महिनादेखि ५ वर्षसम्मका लागि ११ देखि १३ प्रतिशत ब्याज लिने गरेको छ । अन्य परियोजना कर्जा (किस्ताबन्दी) ३ महिनादेखि १५ वर्षसम्म ११ देखि १३.५० प्रतिशतमा कर्जा दिन्छ । बैंकले १४ प्रतिशतसम्म अधिकतम कर्जा प्रदान गर्दै आएको छ ।
Leave a comment