हाइलाइट

गोल्डेन अर्थ साकोसद्धारा रक्तदान कार्यक्रम

गोल्डेन अर्थ साकोसद्धारा रक्तदान कार्यक्रम :: Sahakari Akhabar

काठमाडौं । यस गोल्डेन अर्थ बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको आयोजना तथा कास्कून र ब्लोदानको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

बृहत रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा ब्लड डोनर्श एसोसिएसन नेपाल (ब्लोदान) का अध्यक्ष इ.सानुबाबु प्रजापति, पुर्व प्रहरी प्रमुख रमेश खरेल, ब्लोदान काठमाडौं जिल्ला अध्यक्ष जनककुमार खड्काको सहभागिता रहेको थियो ।

त्यसैगरी जिल्ला सदस्य सिता न्यौपाने, ब्लोदान काठमाडौं मध्य क्षेत्र अध्यक्ष रामबहादुर ठकुरी, ब्लोदान तारकेश्वोर नगर सचिब हरिकृष्ण खत्रीको उपस्थिति रहेको थियो ।

काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन) गोंगवु शाखा प्रमुख कल्पना पाठक लगायत संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सामाजिक उत्तरदायित्व उपसमितिका पदाधिकारी तथा कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । 
 



Leave a comment