बिराटनगर । एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्था लि। लेटाङ–२, मोरङको मिति २०७८ चैत्र २६ देखि २८ गते सम्म संचालित संस्थागत विकास तालिम धनकुटाको नाम्जेमा सम्पन्न भएको छ । साकोसका अध्यक्ष हेरम्बराज भट्टराईको अध्यक्षतामा आयोजित तीन दिवसीय तालिममा साकोसका सञ्चालक सदस्य, लेखा सुपरिवेक्षण समिति सदस्य, उपसमिति सदस्यहरु र व्यवस्थापन गरी ३० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको दैरानमा संस्थाका सल्लाहकार, नेफ्स्कुनका पूर्व महासचिब साथै मोरङ क्षेत्र नं १ का संघिय सांसद घनश्याम खतिवडा, लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी पोख्रेल निरौला र संस्थाका सल्लाहकार साथै लेटाङ नगरपालिका २ नं वडाका वडा अध्यक्ष श्री तेज प्रसाद तिम्सिनाको उपस्थित रहेको थियो ।
कार्यक्रममा वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाले एकीकरणलाई तार्किक निष्कर्षमा पुर्याउन सदस्यको हितमा काम गर्न संचालकहरु दक्ष बन्नु पर्ने सहकारीले प्रदान गर्ने सेवालाई परिष्कृत गर्दै प्रविधि मैत्री बनाउनु पर्नेमा जोड दिएका थिए ।
लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी पोख्रेल निरौलाले सहकारी मार्फत जनताको आर्थिक सवलिकरण गर्न सकिने भएकाले सहकारीहरु सक्षम हुनुपर्ने, सहकारीकर्मी इमान्दारी र पारदर्शी बन्न सके सदस्यको आकर्षण बढ्ने साथै स्थानिय पालिकाहरुमा सहकारीका नीति,बिधि एकै किसिमका भए अझ प्रभावकारी हुने कुरामा जोड दिए ।
संघिय सांसद घनश्याम खतिवडाले बजारको स्वरूप र प्रकृतिमा परिवर्तन देखापर्दै गएकोले सोका लागि सहकारी तयार रहनुपर्ने, संचालक समिति र लेखा सुपरिवेक्षण समितिले स्वःमुल्याङ्कन गरी सोको आधारमा आफुलाई थप ससक्त बनाउने पर्ने, सहकारी संस्थाहरु नीति, बिधि र प्रबिधिको आधारमा चल्नु पर्ने बताए ।
कार्यक्रममा सभाध्यक्ष भट्टराईले सहकारीको गुणात्मक विकास, स्थायित्व तथा दीगोपनका लागि बहस, पैरवी गर्न, विद्यमान अवस्थामा सहकारी संस्थाहरूको तरलता व्यवस्थापन लागि ठोस कदम चाल्न आग्रह गर्दै संस्थागत बिकास तालिमको सिकाइलाई सहकारीको विकासमा पूर्ण रूपमा कार्यान्वयन गर्न जोड दिए । कार्यक्रमको सञ्चालन सचिव सुरेश अधिकारीले गरेका थिए । तालिम सहजीकरण नेफ्स्कूनका प्राचार्य श्री सन्जयराज तिमिल्सेना र कार्यक्रम अधिकृत रामकृष्ण भट्टराईले थिए ।
Leave a comment