Sahakari Akhabar

सहकारीमा कर्मचारीको महत्व

सहकारीमा कर्मचारीको महत्व :: Sahakari Akhabar

दोलखा जिल्ला सहकारीको नमुना जिल्लामा गनिन्छ । जिल्लामा विभिन्न प्रकृतिका ५सय सहकारी संस्था स्थापनामा रहेका छन् । मूलुक संघिय संरचनामा गएपछि स्थानिय सरकारले दर्ता गरेका संस्थाहरुको तथ्याङ्क आएको छैन ।

डिभिजिन सहकारी कार्यालय हुँदा ५२३ वटा सहकारी संस्था रहेका थिए । पछि एकिकरण भएर ५ सय संस्था भएको देखिन्छ । स्थानिय सरकारले सहकारीलाई कुनै प्राथमिकता दिदैन र स्थानिय सरकारलाई जिल्लामा रहेको संस्थालाई जानकारी पनि हुदैन । जिल्लामा रहेका संघहरुले पटक पटक सहकारी क्षेत्रको बारेमा जानकारी दिदा पनि सहकारी क्षेत्र स्थानिय सरकारको वेवास्तामा परेको छ ।

जिल्लामा सहकारी क्षेत्रबाट १ हजार बढीले प्रत्यक्ष रोजगार पाएका छन् । सहकारीले कर्मचारी आवश्यकताको विज्ञापन गर्दा धेरैको आवेदन पर्छ । कतिले रीत नपुगि आवेदन दिँदा अवसर बाट बञ्चित भइरहेका छन् । लामो समय सहकारीमा काम गर्ने मानिस कमै पाइन्छ ।

सहकारीमा कर्मचारीहरु किन क्षमता भएर पनि जागीर खान मान्दैनन् त ? यो जटिल समस्या हो ।  सहकारी अनुभव लिने ठाँउ मात्र भएको छ । सहकारीमा किन कर्मचारी बस्र्यौनि परिर्वतन हुन्छन् ? कसरी कर्मचारी दिगो बनाउने त ? के गर्दा कर्मचारी दिगो हुन्छन् ?

कर्मचारीको काम अनुसार सेवा सुविधा

कर्मचारीहरुलाई दिगो बनाउने उपाए भनेको काम अनुसारको सेवा सुविधा भएमा कर्मचारी दिगो हुन्छन् । तर काम धेरै सुविधा कम भयो भने कर्मचारीहरुले अर्को विकल्प सोच्न थाल्छन । हुन पनि दक्ष कर्मचारीको माग धेरै हुन्छ । काम अनुसारको दाम भएन भने राम्रो सुविधा भएको क्षेत्रमा जान्छन् र सहकारीलाई कर्मचारीको अभाव हुन सक्छ । त्यसैले कर्मचारीको काम अनुसारको सेवा सुविधा दिनु पर्छ ।

काम सिक्ने र सिकाउने

कार्यालयमा सबै काम जानेको कर्मचारी र ब्यवस्थापन हुदैन । काम भनेको सिक्दै सिकाउदै जाने हो । आफुले जानेको सिकाउदै र सिक्दै जाने गर्यो भने कर्मचारी विच नलेज शेयर गर्दा पनि कर्मचारीहरुको आत्मबल बढ्छ । त्यसैले सधै आफु भन्दा अनुभवि दक्ष कर्मचारीले सधै कार्यालयमा नलेज शेयर गर्नु पर्छ ।

चुनौतिका काम

कर्मचारीहरुले सधै चुनौति हुने काम गर्न रुचाउछन् । चुनौतिको कामले कर्मचारीहरुमा दक्षता देखाउन मद्धत पुग्छ । कर्मचारीको काम सम्पन्न गर्न सक्ने कि नसक्ने भन्ने पनि चुनौतिका कामबाट थाहा हुन्छ । तर कर्मचारीले कार्यालयको चुनौतिपूर्ण काम सम्पन्न गरेको हुन्छ । दिन रात नभनि तर कार्यालय बाट उक्त कामको बेवास्ता हुँदा कर्मचारी दिक्क हुन्छ ।

समय अनुसार प्रमोसन

कार्यालयमा कर्मचारीलाई समय अनुसार प्रमोसन भएन भने पनि कर्मचारी दिगो हुदैन् । कर्मचारी दिगो बनाउन उसले गरेको काम र क्षेमतालाई कदर गदैं समय अनुसार कर्मचारीको प्रमोसन गर्नु पर्छ । यसले गर्दा कर्मचारी दिगो बनाउन सकिन्छ । कार्यालयले जति काम र ब्यवस्थापन गर्छ हरेक काम तथा कार्यक्रममा कर्मचारीलाई सहभागिता गराउनु पर्छ ।

कर्मचारीको कामको प्रशंसा गरेमा

कर्मचारीले कार्यालयको काम दिनरात घर परिवार नभनि महत्वका साथ गरेको हुन्छ तर काम गर्ने कालु मकै खाने भालु जस्तो भयो भने कर्मचारीमा नकरात्मक प्रभाव पर्छ । काम एउटाले गरेको हुन्छ जस अर्कोले लिदा कर्मचारीहरुलाई काम र जागीरबाट नै अलग हुने मन हुन्छ । कर्मचारीले गरेको हरेक कामको प्रशंसाको आवश्यता हुन्छ ।

कामको महत्व

कार्यालयका कर्मचारीहरुले गरेको हरेक कामको महत्व दिन आवश्यता हुन्छ । त्यसरी महत्व दियो भने कर्मचारीलाई पनि काम गर्न जोस,जागर र मन हुन्छ ।

कर्मचारीलाई विश्वास गरेमा

कार्यालयका कर्मचारीलाई विश्वास गर्न पनि आवश्यता रहेको छ । कर्मचारीले कर्यालयलाई महत्व दिएर काम गरिरहेको छ भने कार्यालयका कर्मचारीलाई विश्वास गर्न पनि आवश्यता छ । कर्मचारीको ब्यवहार,बानिले कार्यालयलाई समेत प्रभाव राख्दछ ।

तालिममा सहभागिता

कर्मचारीहरुलाई समय समयमा विभिन्न तालिममा सहभागिता गराउनु पर्छ । जसलेगर्दा कर्मचारीको क्षमता विकास हुने छ । यस अन्य सकरात्मक ब्यवहार र कामले गर्दा कर्मचारी दिगो हुन्छन् । तर कर्मचारीले पनि आफ्नो क्षमता विकासको लागि निरन्तर लाग्न जरुरी छ । लेखकः दाहाल, जिल्ला सहकारी संघ, दोलखाका ब्यवस्थापक हुन्



Leave a comment