काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ / ०८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार बराबरको बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाहले सोमबार आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
मन्त्री शाहले प्रस्तुत गरेको बजेटमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ९२ करोड ८७ लाख ६८ हजार विनियोजन गरिएको छ । त्यसैगरी पाँच हेक्टर भन्दा बढी क्षेत्रफलमा कृषि व्यवसाय गर्ने उद्यमीहरुलाई ब्याजमा शतप्रतिशत सहुलियत प्रदान गरिने उल्लेख छ ।
कृषि क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्न पाँच हेक्टरभन्दा कम क्षेत्रफलमा कृषि उत्पादन गर्ने कृषक, कृषक समूह, सहकारी तथा फर्महरुलाई व्यावसायिक खेती तथा पशुपालनका लागि प्रवाहित हुने कृषि कर्जाको ब्याजमा समेत सहुलियत प्रदान गर्न बजेटमा ७ करोड ६२ लाख ८० हजार विनियोजन गरेको छ ।
त्यसैगरी प्रदेशभित्र क्रियाशिल सबै प्रकारका सहकारीहरुको व्यवस्थित र अद्यावधिक अभिलेखीकरण, अनुगमन, नियमन र प्रभावकारी सहकारी शिक्षाका माध्यमबाट बचत सुरक्षाका अतिरिक्त सहकारी सङ्घ संस्थाहरुलाई सहकारी मूल्य मान्यताअनुसार सञ्चालन गर्न र गराउन विशेष कार्यक्रमहरु कार्यान्वयन गर्न १ करोड १० लाख ८४ हजार विनियोजन गरेको मन्त्री शाहले जनाए ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया