बनेपा । यु एम बचत तथा ऋण सहकारी सस्थाले कर्मचारीहरुलाई तालिम प्रदान गरेको छ । संस्थाले मुख्य कार्यालय सहित सम्र्पुण सेवा केन्द्र कर्मचारीलाई हिमालय दृश्य रिसोर्ट धुलिखेलमा एक दिने तालिमको आयोजना गरेको हो ।
संस्थाका कार्यकारी प्रमुख अधिकृत रुसन श्रेष्ठले सकारात्मक सोच र राजेश श्रेष्ठले लघुवितका बारेमा सम्पूर्ण कर्मचारी तथा संचालक समितिलाई तालिम दिएक थिए । साथै सो अबसरमा नयाँ बर्ष २०७९ सालको शुभकामना आदन प्रदान कार्यक्रम समेत गरिएको थियो ।
संस्थाले यस अघि सहकारी ऐन नियम सम्बन्धि कर्मचारी र संचालक समिति लाई तालीम दिई सकेको जनाएको छ । कर्मचारीहरुको क्षमता अभिबृदि गरि र्सस्थाको कारोवारलाई बृद्धि गर्नुका साथै सदस्यलाई प्रभावकारी सेवा प्रदान गरी निकट भविष्यमा ब्राण्डमा सहभागी हुने संस्थाले लक्ष्य लिएको छ ।
Leave a comment