हाइलाइट

ज्योतिपुञ्ज साकोसद्धारा रक्तदान कार्यक्रम

ज्योतिपुञ्ज साकोसद्धारा रक्तदान कार्यक्रम :: Sahakari Akhabar

ललितपुर । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको ललिलपुरस्थित लुभू सेवा केन्द्रले वृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुभु प्राथमिक स्वास्थ्य केन्द्रलाई केही स्वास्थ्य उपकरण समेत सहयोग गरेको संस्थाका अध्यक्ष नवराज कार्कीले जानकारी दिए ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।

प्रमुख अतिथि बजगाईले ज्योतिपुञ्ज साकोसले प्राप्त गरेको सफलता सबैका लागि उदाहरणीय भएको भन्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई पनि सँगै अघि बढाएकोमा धन्यबाद ब्यक्त गरे । संस्थाका अध्यक्ष कार्कीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान जस्तो जीवनदान कार्यक्रममा सहभागी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य केन्द्रलाई सहयोग गर्न पउनु संस्थाको सफल भएको बताए ।

काठमाडौंको नयाँ बानेश्वर केन्द्रीय कार्यालय रहेको ज्योतिपुञ्ज साकोसको ललितपुरको कुमारीपाटीमा पहिलो, काठमाडौंको गोठाटारमा दोस्रो र ललितपुरको लुभुमा तेस्रो सेवा केन्द्र सञ्चालन रहेको अध्यक्ष कार्कीले बताए। 
 



Leave a comment