हाइलाइट

अर्थतन्त्र सक्षम बनाउन सहकारीको भूमिका महत्वपूर्ण हुन्छ

अर्थतन्त्र सक्षम बनाउन सहकारीको भूमिका महत्वपूर्ण हुन्छ :: Sahakari Akhabar

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा.देवराज रोकाले मुलुकको अर्थतन्त्र सक्षम र उत्पादनमुखी बनाउन सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनल युथ फोरममा शनिबार आफ्नो प्रश्तुती दिंदै डा.रोकाले राजश्व र रेमिट्यान्सलाई मात्र अर्थतन्त्रको आधार मान्दा उल्लेख्य प्रगति हुन नसकेकाले अब सहकारीहरु उत्पादनशील बनेर सुधारमुखी अर्थतन्त्रमा केन्द्रीत हुनुपर्ने औंल्याए ।

‘सहकारी संस्थाहरु गाउँ शहरमा क्रियाशील छन् । सुत्केरी र क्रियापुत्री उतार्नेदेखि विहेबटुलु सफल बनाउन क्रियाशील छन् । सहकारीहरुमा एकता देखिन्छ ।

तर अब सहकारीहरु उत्पादनमुलक क्षेत्रमा लगाएर उद्यमशील बन्नुपर्छ,’उनले भने,‘देशका ३२ हजार सहकारी संस्थाहरुलाई राज्यका महत्वपूर्ण माध्यम हुन ।

ती सहकारीहरुलाई समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा केन्दीत गराउन सही परामर्श, विषयगत अवसर र नीतिगत रुपमा सहज बनाइनुपर्छ ।’

देशमा जस्तोसुकै योजना वा बजेट निर्माण भए पनि ति परम्परागत रहेकाले अबका दिनमा सहकारीलाई राज्यले सहजीकरण गर्दै विषयगत क्षेत्रमा लगानी जरुरी रहेको उनको भनाइ थियो ।

‘सहकारी आफैंमा उद्यमी होइनन् । उद्यमशीलता गर्न कुरामा मानिसको सोच बदल्नुपर्छ । सोही अनुसारको सोच बनाउनु पर्छ ।

हाम्रा उत्पादन महत्वपूर्ण छन तर त्यसको बजारीकरण हुनुपर्छ,’उनले भने,‘ संसारमा हरेक मान्छेको इच्छा भनेको सुखी हुने छ ।हरेक मानिस सुखी हुन संघर्ष गरिरहेका छन् । त्यसका लागि उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ ।’

देशलाई समृद्धि र सुखी बनाउने कुरा विश्वको वाद नै भएको उल्लेख गर्दै डा। रोकाले श्रम र उत्पादन नगरी मानिसहरु धनी बन्ने कल्पना गर्नु गलत भएको उनले बताए ।

नेपालको मौद्रिक नीति बदल्न नसक्दा मानिसहरुबीच विभेद कायम रहने भएकाले त्यसलाई परिवर्तन आवश्यक रहेको उनले बताए ।

उत्पादन बृद्धि गर्न पूँजी र पैसालाई मात्र प्राथमिकतामा राख्नु गलत रहेको उल्लेख गर्दै उनले सोच मार्फत मात्र उद्यमशील बन्न सक्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताए ।



Leave a comment