विराटनगर । सहकारी अभियान्ता मोरङ रंगेलीका युवा सहकारी अभियान्ता ई.कमलेश्वर ठाकुर स्टार अफ दि इयरको सम्मानबाट सम्मानित भएका छन् । उनलाई काठमाडौंमा बिहीबार आर के इन्टरटेन्मेन्ट गु्ररुपद्वारा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सम्मान गरेका थिए ।
शिक्षा तथा समाजको समग्र रुपान्तरणको लागि विगतमा आएको कोरोना महामारीको चपेटामा परेका गरिव, निमुखा, असहायको सेवामा खटिएका अभियान्तालाई सम्मान गर्ने कार्यक्रममा ठाकुर पनि सम्मानित भएका हुन्। आफू उक्त सम्मानबाट सम्मानित हुँदा गर्वको अनुभूति भएको ठाकुरले बताए ।
Leave a comment