प्रिमियम टेक्नोलोजी आईएसओ ९००१/२०१५ प्रमाणित

प्रिमियम टेक्नोलोजी आईएसओ ९००१/२०१५ प्रमाणित :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाहरुका लागि कोर बैकिङ सफ्टवेयर सेवा प्रदायक कम्पनी प्रिमियम टेक्नोलोजी आईएसओ ९००१ ÷२०१५ प्रमाणित भएको छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त यस प्रमाणीकरणले थप गुणस्तरीय बनाउँदै मापदण्ड विकासमार्फत सही व्यवस्थापनमा सहयोग मिल्ने विश्वास कम्पनीले लिएको छ ।

यो प्रमाणीकरणले कम्पनीको गुणस्तर र दक्षतालाई वढावा दिई निखारता ल्याउने विश्वास लिइएको छ । कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फारम अपडेट गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशन र अन्य धेरै सेवा सुबिधाहरु प्रदान गर्दै आएको छ ।

विगत ७ वर्षदेखि प्रिमियम टेक्नोलोजीले मुलुकका ३ सय बढी सहकारीलाई अत्याधुनिक वेब बेस्ड प्रविधियुक्त कोर बैकिङ सिस्टम प्रदान गर्दै आएको छ । प्रिमियम सफ्टवेयर पछिल्लो समयमा सहकारी संस्थाहरुद्वारा अत्यधिक रुचाइएको प्रविधि सेवा प्रदायक कम्पनी हो । अन्य कम्पनीको सफ्टवेयर प्रयोग गर्दै आएका सहकारीले पनि प्रिमियम सफ्टवेयर परिवर्तन गर्न थालेको कम्पनीले जनाएको छ ।

आईएसओ सर्टिफिकेशनले कम्पनीलाई थप जिम्मेवार र उर्जा प्रदान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन वनले बताए । कम्पनीले सफ्टवेरमा दिएको फिचर, सेक्युरिटी लगायतले प्रिमियम सबैको रोजाईमा पर्न सफल भएको हो ।



Leave a comment