हाइलाइट

शुक्रपथ सहकारीको स्थापना दिवसको अवसरमा सरसफाई

शुक्रपथ सहकारीको स्थापना दिवसको अवसरमा सरसफाई :: Sahakari Akhabar

काठमाडौ । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले पाटन दरबारस्क्वायर परिसर सरसफाई कार्यक्रम गरेको छ । संस्थाले १२औं वार्षिकोत्सवको अवसरमा  आज बिहान बृहत् सरसफाई कार्यक्रमको आयोजना गरेको हो।

संस्थाले दरबार स्क्वायर क्षेत्र वरपर रहेका फोहोमैला संकलन गरी व्यवस्थापन समेत गरेको अध्यक्ष नरेन्द्र बिष्टले जानकारी दिए । सरसफाई कार्यक्रममा संस्थाका सञ्चालक समिति, विभिन्न उपसमिति, कर्मचारीहरुको सहभागिता रहेको थियो ।  त्यसैगरी संस्थाले भोलि बसन्तपुरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

अध्यक्ष बिष्टले रक्तदान कार्यक्रममा सहभागिता जनाउन संस्थाका सदस्य तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुलाई आव्हान गरेका छन् । संस्थाले हरेक वर्ष स्थापना दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्ने गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम गर्ने गरेको बिष्टले बताए ।



Leave a comment