भक्तपुर । महानगरीय प्रहरी बृत्त थिमीका डिएसपी हरिनन्दन चौधरीले सहकारी संस्थाहरुमा चोरीको घट्ना बढेको बताएका छन् । उनले चोरी हुन नदिन सहकारी संस्था सचेत हुनुपर्ने उल्लेख गरे । जिल्ला बचत संघ भक्तपुरले आयोजना गरेको दुईदिने ऋणको कानुनी प्रक्रिया तथा धितो मूल्यांकन तालिममा डिएसपी चौधरीले सहकारीको भौतिक, फाइल, साइबर, भल्ट, काउन्टर लगायतमा सुरक्षाका लागि अपनाउनुपर्ने सावधानी उपायहरुबारे समेत जानकारी गराए ।
संघको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा तालिम सम्पन्न भएको हो । संघका कोषाध्यक्ष एवं उपसमितिका संयोजक कान्छाभक्त घजुले संघको मुख्य काम तालिम शिक्षा, अन्तरलगानी भएको बताए । उनले बचत तथा ऋण सहकारीको मुख्य सम्पत्ती ऋण लगानी भएकाले सुरक्षित लगानीको आवश्यकता औंल्याए । सहकारीमा ऋणको कानुनी प्रक्रिया र धित्तोको सहि मूल्याँकन हुन नसक्दा हुने जोखिम न्यूनिकरणका लागि तालिमले टेवा र्पुयाउने बताए ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले सदस्य संस्थाहरुको संस्थागत विकास, संचालक र कर्मचारीको क्षमता अभिवृद्धि हुने तालिम तथा कार्यक्रम संघले निरन्तर संचालन गर्दै आएको बताउदैं सिकेका कुराहरु व्यवहारमा उर्तानुपर्नेमा जोड दिए । सहजकर्ता इन्जिनियर युवराज ढकालले बचत तथा ऋण कारोबार गर्ने सहकारीको लागि धितो मुल्यांकनबारे जानकारी राख्नुपर्ने आवश्यकता औल्याए ।
सहभागी उदय बचत तथा ऋण सहकारी संस्थाका शिवराम बोहजुले तालिमले पुनः ताजकिकरण गर्नुका साथै नयाँ कुरा सिक्न उर्जा थपेकोमा खुशि व्यक्त गर्दै तालिमको निरन्तरताका साथै विषय विज्ञहरुबाटै तालिम संचालन हुनुपर्नेमा जोड दिए । उपसमितिका सदस्य राजाराम गोसाईले सञ्चालन गरेको तालिममा सदस्य संस्थामा कार्यरत ५० जना ऋण संयोजक एवं ऋण फाँटमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
Leave a comment