हाइलाइट

सहकारी दिवसमा विन्धवासिनी साकेसको बिविध कार्यक्रम

सहकारी दिवसमा विन्धवासिनी साकेसको बिविध कार्यक्रम :: Sahakari Akhabar

बनेपा । सहकारी दिवसमा विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गरेको छ । दिवसका अवसरमा संस्थाको मुख्य कार्यालय तथा सम्पूर्ण सेवाकेन्द्रमा दिपावली गरेको थियो ।

सेवा कार्यालय बनेपाले बृहत निःशुल्क स्वास्थ्य परीक्षण शिविर अन्र्तगत आँखा परीक्षण, दन्त परीक्षण, फिजियोथेरापी परामर्श एवं मधुमेह परीक्षण बनेपा नगरपालिका वडा नंं. १४ साँगामा सम्पन्न गरेको छ शिविरबाट २०३ जना लाभान्वित भएका छन् ।

त्यसैगरी पाँचखाल सेवा कार्यालयले पाँचखाल नगरपालिका अन्र्तगत बालुवाको आजाद माविमा निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । शिविरमा १०७ जना दाँतका विरामीले दाँतको परीक्षण गराएका थिए ।

त्यस्तै ढुंखर्क सेवा कार्यालयले बेथानचोक–५ स्थित आत्म विकास मावि, च्याल्टीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५४ जना विद्यार्थीहरुको सहभागिता रहेका थियो ।

६५औं स्थापना दिवसको पूर्व सन्ध्यामा भकुण्डे सेवा कार्यालयले नमोबुद्ध ५ कानपुरमा सदस्य बिस्तारित भेला एवं सदस्य शिक्षा कार्यक्रम समेत सम्पन्न गरेको थियो भने ढुखर्क सेवा कार्यालयले २१ गते बेथानचोक ६ मेदाम्सुमा सदस्य विस्तारित भेला एवं सदस्य शिक्षा कार्यक्रम आयोजना गरेको समेत संस्थाका प्रमुख कार्यकारी अधिकृत के।बि। लामा स्याङ्तानले जानकारी दिए ।

साथै ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न संघ  एवं स्थानीय निकायले आयोजना गरेको रर्याली, गोष्ठी एवं अन्तरक्रिया कार्यक्रममा समेत संस्थाका सक्रिय सहभागिता रहेको थियो ।

यसै अवसरमा पनौती नगरपालिकाद्वारा आयोजित रर्याली तथा सम्मान कार्यक्रममा सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा उल्लेख्य योगदान पुर्याए वापत संस्थाका संस्थापक अध्यक्ष भरत प्रसाद शर्माले सम्मानपत्र समेत प्राप्त गरेका छन् ।

काभ्रे तथा काठमाडौ जिल्लाभर कार्यक्षेत्र रही राष्ट्रिय स्तरमा सर्वोेत्कृष्ट सहकारी व्यवसाय पुरस्कार तथा अन्तर्राष्ट्रिय स्तरमा एक्सेस सिल्भर ब्राण्ड, क्यूमी अवार्ड एवं सीयु एक्सेक्युटिभ अवार्ड प्राप्त गरी आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको छ ।



Leave a comment