बाँके । बाँके जिल्ला सहकारी संघले ६५ औँ सहकारी दिवसको अवसरमा उत्कृष्ठ रक्तदाता उत्कृष्ठ सहकारीकर्मी र सहकारी सस्था २०७८ वाट सम्मानित भएका छन् । उत्कृष्ठ सहकारी २०७८ नवकिरण बहुउद्देश्यीय सहकारी संस्था बैजनाथ, उत्कृष्ठ सहकारीकर्मी, ओमजंग शाही तथा माधवप्रसाद पोखरेल सम्मानित भएका छन् ।
त्यसैगरी उत्कृष्ठ कारोबारबाट मध्यपश्चीम साकोस शारदा, उपभोक्ता सहकारी तथा ग्रामिण विधुत साकोस सम्मानित भएका छन् । त्यसैगरी उत्कृष्ठ कर्मचारी दिलिप कुमार वुढाथोकि सम्ममानित भएका छन् भने अग्रगामि महिला साकोसले २५ हजार घर निर्माण अनुदान पाएको छ ।

राष्ट्रीय सहकारी दिवस मूल समारोह समिति बाँके, नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय बाँके र प्रदेश सरकार लुम्विनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालय सहकारी प्रशिक्षालय बाँकेको सयुत्त आयोजना गरिएको थियो ।
संयोजक प्रेमप्रसाद सुवेदिको अध्यक्षतामा नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघका अध्यक्ष खेम पाठकको प्रमुख आतिथ्यता तथा नेपाल कृषि सहकारी केन्द्रीय सघका सचालक देव वहादुर केसी, राष्ट्रीय सहकारी बैकका सचालक विजया धिताल, वहुउद्देश्यीय केन्द्रीय सहकारी सघका सचालक भुपेन्द्र प्रसाद अधिकारीको उपस्थिति रहेको थियो ।
त्यसैगरी नेपालगन्ज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगतबहादुर हमाल, सहकारी प्रशिक्षालय बाँकेका निमित्त प्रचार्य पुर्ण खत्री, नेपालगञ्ज उपमाहानगरपालिका सहकारी शाखा प्रमुख प्रविण रानाको उपस्थिति रहेको थियो ।
Leave a comment