हाइलाइट

सहकारी दिवसमा कल्याणकारी साकोसद्धारा नाबालकलाई टिफिन बक्स

सहकारी दिवसमा कल्याणकारी साकोसद्धारा नाबालकलाई टिफिन बक्स :: Sahakari Akhabar

ललितपुर । लुभुमा मुख्य कार्यालय रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले नाबालक बचतकर्तालाई टिफिन बक्स दिएको छ । संस्थाले ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा केन्द्रीय कार्यालय लुभु तथा सेवा केन्द्र शंखादेवी र कोटडाँडा सेवाकेन्द्रबाट नाबालक बचतकर्ताहरुलाई टिफिन बक्स वितरण गरेको हो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष रामबहादुर थापा, कोषाध्यक्ष सुधिर पौडेल तथा संचालक कृष्णगोपाल महर्जन, रामकेशर थापा, गंगा तण्डुकारको उपस्थिति रहेको थियो । त्यसैगरी राहतकोष उपसमिति सदस्य देवकृष्ण केसि र कर्मचारीहरुको समेत सहभागीता रहेको जनाइएको छ ।



Leave a comment