काठमाडौं । तीनकुनेमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले साबुन बनाउने तालिम दिने दिने भएको छ । संस्थाले सदस्यहरुलाई उद्यमी तथा स्वरोजगार बनाउन लुगा धुने साबुन बनाउने तालिम दिने भएको हो ।
संस्थाले सूचना प्रकाशन गरि तालिम निशुल्क हुने जनाइएको छ । संस्थाका बेरोजगार तथा सिप सिकेर उद्यमी बन्न चाहने सदस्यले बैशाख १० गतेसम्म निवेदन दिन सकिने जनाइएको छ । इच्छुक सदस्यले संस्थाकी शिक्षा तालिम उपसमिति संयोजक देवी खडकालाई सम्पर्क गर्न सकिने जनाएको छ ।
Leave a comment