विराटनगर । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मोरङको लेटाङ्ग नगरपालिकामा सहकारी कर्मचारी संगठन गठन गरिएको छ । टंक बहादुर मच्कोटीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
जसको उपाध्यक्षमा सरला श्रेष्ठ, सचिवमा मनोज विष्ट, कोषाध्यक्षमा सिताराम न्यौपाने र सह सचिवमा भाष्कर नेपाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा भाष्कर नेपाल, बेनु तामाङ, कुल प्रसाद नेपाल, रमा गौतम, शान्ती चेम्जोङ, जर्मन कुमारी राई, भोला थापा मगर, राम अधिकारी, संजय काफ्ले र तिर्था कुमारी कार्की रहेका छन् ।
नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सहकारी कर्मचारीहरुको समन्वय, असल अभ्यासहरुको आदान प्रदान, व्यवसायीक क्षमताको विकास तथा आपसि हितका लागि संगठन गठन गरिएको अध्यक्ष मच्कोटीले बताए । केही दिनमा नै तदर्थ समितिलाई प्रारम्भिक साधारण सभा गरेर समितिलाई पूर्णता दिईने उनको भनाई छ ।
सहकारी दिवसको दिन गठन गरिएको संगठनको माईनट दिवसको कार्यक्रमको अवसरमा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले संगठनका अध्यक्ष मच्कोटीलाई हस्तान्तरण गरेका थिए ।
Leave a comment