काठमाडौं । महाबौद्ध स्थित चाइना ट्रेड बहुउद्देश्यीय सहकारीले काठमाडौंको तीनकुने स्थित निसहाय सेवा सदनमा रहेको जेष्ठ नागरिकलाई सहयोग गरेको छ । संस्थाले ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सामाजिक उत्तरदायित्व वहन अन्तर्गत जेष्ठ नागरिकलाई सहयोग गरेको हो ।
संस्थाले निसहाय सेवा सदन रहेका ३८ जना जेष्ठ नागरिकलाई छोछ्याउने तन्न, सिरानी र खाद्यान्न सामग्री सहयोग गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष रमेशकुमार श्रेष्ठ, लेखा समितिका संयोज रामेश्वर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार श्रेष्ठ लगायत संस्थाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
सहकारी दिवसको अवसरमा संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्व वहन अन्तर्गतका काम गर्दै आएको र यस वर्ष जेष्ठ नागरिकको मुहारमा खुशी ल्याउने सानो प्रयास गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
Leave a comment