हाइलाइट

जिल्ला सहकारी संघ ललितपुरमा नयाँ समिति निर्वाचित

जिल्ला सहकारी संघ ललितपुरमा नयाँ समिति निर्वाचित :: Sahakari Akhabar

ललितपुर । जिल्ला सहकारी संघ ललितपुरको ३० औं वार्षिक साधारण सभाबाट केदार गोर्खालीको अध्यक्षतामा नयाँ संचालक समिति चयन भएको छ । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनमा अध्यक्ष केदार गोर्खाली, उपाध्यक्षमा रामशरण बस्नेत, महिला उपाध्यक्षमा शशी खड्का गुरुङ, सचिवमा अनिलविर बज्राचार्य निर्वाचित भएका हुन् ।

यसैगरी महिला सदस्यहरुमा सुष्मा भुजेल महर्जन, ईन्द्र कुमारी थापा, शान्ता लक्ष्मी खड्गी, शर्मिला सिं तथा शर्मिला तिमल्सिना निर्वाचित भएका छन् । संचालक समिति (संघ) तर्फ पुरुषोत्तम बजगाई, खुला सञ्चालक समिति तर्फबाट नवराज बिष्ट, शम्भु प्रसाद पौडेल, राम भक्त महर्जन, किरण महर्जन, राम गोपाल महर्जन निर्वातिच भएका छन् । लेखा सुपरिवेक्षण समिति संयोजकमा उपेन्द्र अवाले तथा सदस्यमा बद्री प्रसाद सञ्जेल र महेन्द्र कुमार महर्जन निर्वाचित भएका हुन् ।
 



Leave a comment