हाइलाइट

बागलुङमा सहकारीका समस्या विषयक लघु गोष्ठी    

बागलुङमा सहकारीका समस्या विषयक लघु गोष्ठी     :: Sahakari Akhabar

बागलुङ । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजना तथा बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लवको समन्वयमा सहकारीको वर्तमान अवस्था, समस्या र समाधान विषयक लघु गोष्ठी सोमबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले सहकारी क्षेत्रमा रहेका समस्याको पहिचान गरी समाधानका लागि सिंगो अभियान एकतावद्ध भएर अगाडि बढ्नु पर्ने बताइन् ।

सदस्यहरुलाई समस्याका बारेमा जानकारी गराउने र उनीहरुलाई समाधानमा सहयोगी बनाउन सक्ने हो भने सहकारीमा आउन सक्ने समस्यालाई सहज रुपमा समाधान गर्न सकिने उनको भनाई थियो । कार्यक्रममा सहकारीको वर्तमान अवस्था, समस्या रर समाधान विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गा बहादुर कुँवरले सहकारीमा हुन सक्ने जोखिमको पहिचान गरेर योजनावद्ध तरिकाले अगाडि बढ्नु पर्ने बताए । कार्यक्रम राष्ट्रिय सहकारी बैंक बागलुङका प्रमुख युवराज त्रिपाठीको अध्यक्षता, बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लवका अध्यक्ष दिपक राजभण्डारीको सञ्चालन र सचिव ताराप्रसाद शर्माको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाका प्रवन्धकहरुको सहभागिता रहेको थियो । 
 



Leave a comment