पर्वत । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसमरा पर्वतमा प्रभातफेरी सहित मुल समारोह सम्पन्न भएको छ । वचत तथा ऋण जिल्ला सहकारी संघ पर्वत, बहुउद्देश्यीय सहकारी संघ पर्वत, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखा र कोअपरेटिभ म्यानेजर्स क्लव पर्वतको संयुक्त आयोजना तथा कुश्मा नगरपालिका र सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा सहकारी दिवस मनाइएको हो ।
सहकारी दिवस मुल समारोहको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउन सके गरिवी न्यूनिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताए ।
कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले विपन्न समुदायका जनताको आर्थिक विकास र सामाजिक रुपान्तरणका सहकारीको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै सहकारीलाई सहकारीकै मर्म, भावना र सिद्धान्त अनुसार अगाडि बढाउनु पर्नेमा जोड दिए ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले सहकारीलाई राज्यको नियमन क्षेत्र अन्तरगत रहेर व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सहकारी ऐन, नियमावली र संस्थाको विनियमका प्रभावकारी कार्यान्वयन गर्नु पर्ने बताए ।
सहकारी दिवस मुल समारोह कार्यक्रम बचत तथा ऋण जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीको अध्यक्षतामा सम्पन्न् कार्यक्रममा प्रभातफेरीमा उत्कृष्ट हुने सहकारीहरुलाई पुरस्कृत गरिएको थियो । यालीमा कटुवा चौपारी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था प्रथम, बैशाली कृषि सहकारी संस्था द्वितिय, दक्षिणा वचत तथा ऋण सहकारी संस्था तृतिय तथा महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्था र सहनशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले सान्त्वना पपुरस्कार प्राप्त गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी घिमिरे, सामाजिक विकास कार्यालय पर्वतका प्रमुख मोहनचन्द्र सुवेदी, कुश्मा नगरपालिका सामाजिक विकास शाखाका अधिकृत डिलकुमारी शर्मा, कुश्मा नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Leave a comment