हाइलाइट

लुम्लेमा नारी जागृती सहकारीको तालिम    

लुम्लेमा नारी जागृती सहकारीको तालिम     :: Sahakari Akhabar

म्याग्दी । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर म्याग्दीको बेनी बजारस्थित नारी जागृती महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कास्कीको लुम्लेमा २ दिने सहकारी शिक्षा तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरु, उपसमितिका सदस्यहरु र कर्मचारीहरुलाई सहकारी ऐन नियम र व्यवसायका बारेमा जानकारी दिई थप शसक्त बनाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।

महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउने, योजना निर्माण गरेर व्यावसायिक तरिकाले अगाडि बढ्नका लागि तालिम सहयोगी भएको संस्थाका अध्यक्ष चिना बानियाँले जानकारी दिइन । आवासीय रुपमा सञ्चालन गरिएको तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहजीकरण गरेका थिए ।

तालिममा सहकारीका मूल्य मान्यता, सिद्धान्त, वित्तीय साक्षरता, सञ्चालक र लेखा सुपरीवेक्षण समितिको काम कर्तव्य र अधिकार तथा कर्मचारीको भूमिकाका बारेमा जानकारी गराइएको थियो । संस्थाका सल्लाहकार जमुना आचार्यले सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सञ्चालक र कर्मचारीहरुबीचको प्रभावकारी सहकार्य आवश्यक रहेको बताइन ।



Leave a comment