काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सज्जन महिला साकोसले घरजग्गा कोष स्थापना गर्ने भएको छ ।
संस्थाकी सचिव कमला खनालको संयोजकत्वमा सहकारी अध्ययन भ्रमणमा गरिरहेको संस्थाले चैत २० गते तनहुँको बन्दिपुरको बैठकमा कोष निर्माण गर्ने निणर्य गरेको हो ।
संस्थाकी अध्यक्ष सीमा पुरीको अवधारणालाई जीवन्त बनाउँदै संस्थाका २५ जना सदस्यहरुले आफ्नो इच्छा अनुसारको राशि कबुल गरेर कोषको सुरुवात गरेका छन् । बैठकमा दुईलाख बराबरको रकम संस्थामा एकहप्ताभित्र जम्मा गरिसक्ने प्रतिबद्धता जनाएका छन् ।
यसै अवसर पारेर संस्थाले १५ सदस्यीय हाम्रो सज्जन सहकार्य समूह पनि गठन गरेको संस्थाकी अध्यक्ष सीमा पुरीले जानकारी दिइन ।
नगिना सिह भन्डारीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिती गठन गरिएको छ । यो समुहले सज्जन महिला साकोसको सदस्यहरुको हितको लागि काम गर्ने उद्देश्य रहेको छ ।
Leave a comment