हाइलाइट

अपाङ्गताको आर्थिक सवलीरणमा नगरपालिकाको सहयोग रहन्छ – नगर प्रमुख 

अपाङ्गताको आर्थिक सवलीरणमा नगरपालिकाको सहयोग रहन्छ – नगर प्रमुख  :: Sahakari Akhabar

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाकानगर प्रमुख सन्तोष चालिसेले अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सवलीरणमा नगरपालिकाको सहयोग रहने बताए ।

‘मर्यादितव्यवसाय र प्रविधिमा सहकारी’ थिममा रहेर ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमागोकर्णेश्वर नगरपालिकाको सहयोगमा अष्टावक्र सहकारीले ‘अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सवलीरणमा सहकारी र प्रविधिमा पहुँच’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी दर्ता भन्दा एकिकरणमा जान जोड दिए ।

कार्यक्रमको उद्घाटन गर्दै चालिसेले फरक क्षमता भएकाको सहकारीले अपाङ्गता भएका व्यक्तिहरु माँझ र समाजमा छुट्टै परिचय बनाएर अगाडि बढेकोमा खुसी व्यक्त गरे ।

अन्तक्रिया कार्यक्रममा कास्कुनका निवर्तमान अध्यक्ष केशव दंगालले अष्टाबक्र जस्तो सहकारीका गतिविधिलाई राज्य र अभियान दुवैको हातेमालो रहनु पर्ने बताए । दंगालले आफूले अष्टावक्रले उठाएका अपाङ्गताका सवाललाई अभियानमा पुर्याई लक्षित वर्गको कायक्रममा समेटन जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

अभियानकै तर्फ अर्का सहकारीकर्मी वागमती प्रोस्कुनका सचिव गोविन्द काफ्लेले अष्टाबक्रसँग हातेमालो गर्ने र राज्यसँगपनि पैरवी गर्दै सवाल संवोधन गराउन भूमिका खेल्ने प्रतिवद्धता जनाए ।

अपाङ्गता भएका व्यक्तिहरुको सामूहिक पहलमा सञ्चालनमा रहेको सो सहकारीका उपाध्यक्ष सरस्वती चौलागाईले कार्यक्रमको प्रस्तुतीकरण गर्दै सहकारी  अभियान र राज्यदुवैलाई अपाङ्गता नदुखी अष्टाबक्र सहकारीका सवालमा महिला, दलित र अन्य जसरी नसमेटिने बताइन् ।

आफ्नो कुरा पुग्न अभियानमा आफ्नै सहभागिता खोज्नु पर्नेमा उनले प्रस्तुतीकरणमा जोड दिइन् । उनले संस्था १३ वर्षको भैसक्दा पनि १० अपाङ्गतालाई छोडेर सहकारी अभियान समावेशी समाजवादरुपी अर्थतन्त्र निर्माणमा लागेको प्रति प्रस्तुतिकरणमा स्पष्ट पारिन् ।

कार्यक्रम संस्थाका सदस्यहरुको क्षमता बृद्धि होस, कसरी सदस्यहरुलाई आर्थिक सवलीकरण गर्न सकिन्छ र प्रविधिमापहुँच पुर्याउन सकिन्छ  भन्ने सवालको बाटो खोज्ने उद्देश्यले गरिएको हो । नगपालिका वडा नं. ५ का अध्यक्ष नारायण बहादुर सुवेदी र वडा नं. ६ का अध्यक्ष रमेश अर्यालको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक विदुर कुमार थापाले संस्थाले नगरपालिकामा पेश गरेको कार्यक्रम विषय वस्तु प्रति ध्यानाकर्षण गराउँदै बृद्ध, एकल महिलालाई जस्तै अपाङ्गता भएका व्यक्तिलाई पनि नगरपालिकाको तर्फबाट स्वरोजगार, भ्रमण, तालिमलगायत गतिविधिमा कार्यक्रम सहयोग उपलब्ध गराउन नगरप्रमुख सन्तोष चालिसेसँग आग्रह गरे ।



Leave a comment