हाइलाइट

राष्ट्रिय सहकारी दिवसमा को को भए पुरस्कृत ? 

राष्ट्रिय सहकारी दिवसमा को को भए पुरस्कृत ?  :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी महासंघद्वारा स्थापित राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट वरिष्ठ सहकारी अभियन्ता विजयराज घिमिरेलाई सम्मान गरिने भएको छ ।

राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा विभिन्न विधामा पुरस्कार दिने घोषणा गरेको छ । महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सो पुरस्कार प्रदान गर्ने छ ।

उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार,२०७८ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुरका ब्यवस्थापक बालकृष्ण ध्वजु पुरस्कृत हुने भएको छ ।

उत्कृष्ट सहकारी पुरस्कार २०७८ बाट जिल्ला सहकारी संघ लि. दोलखा पुरस्कृत हुने छ । पुरस्कार छनोट उपसमितिका संयोजक तथा महासंघका संचालक टेकप्रसाद चौलागाईले पुरस्कृत हुने व्यक्तित्व तथा संघ/संस्थाको नाम घोषणा गरेका थिए ।

महासंघले उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार, २०७८ बाट सातवटै प्रदेशका उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

प्रदेश नं. १ बाट मेची बहुउद्देश्यीय सहकारी संस्था लि.दमक झापा, मधेश प्रदेशबाट बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि.,निजगढी बारा छन् ।

त्यसैगरी बागमति प्रदेशबाट हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.तिनकुने, काठमाडौं, गण्डकी प्रदेशबाट कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.पैंयुपाटा,बागलुङ्ग छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशबाट सिको बचत तथा ऋण सहकारी संस्था लि.ठाकुरबाबा, बर्दीया, कर्णाली प्रदेशबाटबाट जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.वीरेन्द्रनगर, सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.गोदावारी, कैलाली पुरस्कृत हुने भएको छन् । 



Leave a comment