भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघले बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम दिएको छ । संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा होटेल स्वीट होम, भक्तपुरमा एक दिने तालिम दिएको हो ।
संघका उपाध्यक्ष हरि बल्लले बजार प्रतिनिधि संस्थाको प्रतिनिधि भएकोले संस्थालाई विश्वासिलो र भरपर्दो बनाउने अह्म भुमिका रहने बताए ।
बजारमा संस्थाप्रतिको विश्वासलाई भन्दा पनि व्याजदर र बजार प्रतिनिधिको अनुहार हेरेर सदस्यले बचत गर्ने गलत मनासिकताको विकास भएको बताए । उनले सदस्यलाई सहकारी सम्बन्धी सही सूचना र शिक्षा दिई सदस्यको बचत सुरक्षाका लागि बजार प्रतिनिधि सचेत हुनुपर्ने आवश्यकता औल्याए ।
संघका उपसमितिका सदस्य तुल्सी हरि प्रजापतिले संस्थाका लागि बजार प्रतिनिधि रहर नभई आवश्यकता रहेको बताए । तालिमले बजार प्रतिनिधिका चुनौती, समस्या र त्यसको समाधानका उपायहरुको सिकाईले कार्यक्षमतामा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
उपसमितिका सदस्य सत्यनारायण पक्काले समापन सहमारोह संचालन गर्दै सिकेका कुराहरुको व्यवाहारिक प्रयोगमा जोड दिर्दै बजारमा सहकारीको सकारात्मक सन्देश प्रवाहमा बजार प्रतिनिधिको महत्वपूर्ण भुमिका रहने बताए । तालिम संघका व्यवस्थापक बालकृष्ण धोजुको सहजिकरणमा भएको थियो ।
तालिममा बजंगबली बचत तथा ऋण सहकारी संस्थाका बजार प्रतिनिधि शुष्मा डाँगीले छोटो अवधिको तालिममा पनि समुह कार्य, खेल, रोल प्ले जस्ता शिक्षण विधिहरुबाट धेरै कुराहरु सिक्न पाएँकोमा खुशी व्यक्त गरिन । तालिममा सदस्य संस्थामा कार्यरत ३४ जना बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
Leave a comment