विराटनगर । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा श्री स्टार बहुउद्देश्यीय सहकारी संस्था लि. विराटनगरले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको सहकारीले जनाएको छ ।
रक्तदान कार्यक्रमको उद्धघाटन प्रतिनीधिसभा सदस्य एवम् पूर्वमन्त्री माननीय लालबाबु पण्डितले गरेका थिए । उनले १०१ पटक रक्तदान गर्नु हुने बरगाछी बहुउद्देश्यीय सहकारी संस्था लि. विराटनगरका कर्मचारी रोहीत कुमार रायलाई रगत संकलनको पोका दिएर कार्यक्रमको उद्धघाटन गरेका थिए ।
कार्यक्तममा बोल्दै प्रमुख अतिथी पण्डितले रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिदै त्यसले मानव जिवन रक्षाको पवित्रकार्यमा संलग्न हुनु आफैमा पुण्यको काम भएको बताए ।
संस्थाका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष श्री रमेश प्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, सचिव राकेश दाहाल, कोषाध्यक्ष अमृत गुरुङ्ग, जिल्ला उपभोक्ता सहकारी संघ लि. मोरङ्गका अध्यक्ष श्री माधव अत्रि लगायतको उपस्थिती रहेको थियो ।
Leave a comment