दोलखा । ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बैतेश्वर गाउँपालिका ५ मा रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले खाध्यन वितरण गरेको छ । गौरीशंकर बाल गृहमा २० हजार बराबरको खाध्यन वितरण गरेको हो ।
संस्थाका अध्यक्ष हेमन्तकुमार चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी संघका महासचिव जिवशराज खड्का, जिल्ला सहकारी संघका उपाध्यक्ष देविप्रसाद शर्मा, गौरी शंकर बालगृहका अध्यक्ष रामप्रसाद सापकोटालगायत संस्थाका सञ्चालक समिति तथा सस्थाका कर्मचारीहरुसमेत उपस्थित थियो ।
कार्यक्रममा बालगृहका अध्यक्ष रामाप्रसाद सापकोटाले सहयोगी संस्थालाई धन्यवाद ब्यक्त गरेका थिए । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवश राज खड्काले आवश्यता अनुसारको सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । संस्थाका अध्यक्ष चौलागाईंले बालगृहको माग अनुसारको सामाग्री उपलब्ध गराएको बताए । उनले संस्थाले अन्य अवसर पारेर फेरि पनि सहयोग गर्ने बताए ।
Leave a comment