काभ्रे । बनेपामा रहेको उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्थाले स्थापना दिवसको अवसरमा धुलिखेल स्थित मानब कल्याण समाज, सेवा घरमा सहयोग गरेको छ । संस्थाले चैत १२ गते संस्थाको २२ औँ स्थापना दिवसको उपलक्षमा धुलिखेलको मानव कल्याण समाज, सेवा घरमा आश्रित ४२ जना बालक, बृद्ध, बृद्धा मनोरोगीकालागि खाद्यान्न,तेल,चिनी,सरसफाईका सामान तथा ४२ जोर जुत्ता चप्पल सहयोग गरेको हो ।
संस्थाले तेइस हजारबराबरको सामानहरु मानब कल्याण समाजका अध्यक्ष सुमी चौलागाईलाई संस्थाका अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेले हस्तान्तरण गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार अमन पोटे श्रेष्ठ, संचालक समितिका कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारी, संचालक सदस्य प्रकाशचन्द्र जोशी, श्यामकृष्ण श्रेष्ठ, दिब्येश्वरी लाखे पोटे श्रेष्ठ तथा कार्यकारी प्रमुख कृष्णभक्त थापा र कर्मचारी लक्ष्मण दनुवारको उपस्थिती रहेको थियो । साथै संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेले ब्यक्तिगत १२ हजार सहयोग गरेका थिए ।
Leave a comment