काभ्रे । सहकारीका आगामी कार्यदिशा खोजिने भएको छ । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले चैत्र १७ गते सहकारीका समसायिक विषय र आगामी कार्यदिशा’ विष्मायमा अन्त्ररक्रिया कार्यक्रम गर्ने भएको छ ।
अध्यक्ष दिलिप शर्माका अनुसार बिहीबार बिहान हुने उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईले कार्यपत्र प्रस्तुत गर्ने छन् । त्यस्तै चैत्र २० गते संघको कार्यालयमा राष्ट्रिय तथा सहकारी झण्डा फेरिने भएकाले उपस्थितिका लागि सम्पूर्ण सहकारीलाई आह्वान गरिएको छ ।
Leave a comment