हाइलाइट

सहकारी दिवसको अवसरमा सदस्यलाई तालिम

सहकारी दिवसको अवसरमा सदस्यलाई तालिम :: Sahakari Akhabar

विराटनगर । सद्भाव बचत तथा ऋण सहकारी संस्था लिमिटेड रंगेलीले शेयर सदस्यहरुलाई वितीय शिषा तथा व्यवसायिक ज्ञान तालिम प्रदान गरेको छ । सहकारी दिवसको अवसरमा सहकारीले  ग्रामीण उधम तथा विप्रेषण आयोजना (समृद्धि)को प्राविधिक तथा आर्थिक सहयोगमा सुनवर्षी न पा को वडा न ५ रमनपुरमा ३ दिने वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान तालिम सम्पन्न गरेको हो । 

आफ्ना शेयरसदस्यहरुलाई सहकारीको बारेमा सचेतना जगाउन र व्यवसायिक ज्ञान प्रदान गर्न तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष ई.  कमलेश्वर ठाकुरले जानकारी दिनुभयो । सहकारीबाट ऋण लिएर व्यवसाय गरिरहेका सदस्यहरुलाई व्यवसाय बढाउन सकियोस भन्ने उदेश्य सहकारीको रहेको उनको भनाई छ । व्यवसायिक ज्ञान नभएका कारण पनि धेरैको लगानी डुवेको अवस्थामा तालिमले केही सहज प्रदान गर्ने ठाकुरले बताए । 
 



Leave a comment