हाइलाइट

सहकारी दिवसमा मेगाड्रिमद्धारा जात्राका लागि टिसर्ट बितरण 

सहकारी दिवसमा मेगाड्रिमद्धारा जात्राका लागि टिसर्ट बितरण  :: Sahakari Akhabar

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा मेगाड्रिम  बहुउद्धेश्यीय सहकारी सस्थाले टिशर्ट प्रदान गरेको छ । पशुपतिनाथ मन्दिर परिसरमा रहेको पशुपति सृजनशील युवाक्लव र पशुपति ज्यापू पुचः लाई संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।

पशुपति क्षेत्रमा नेवार समुदायले गाइजात्रासँगै बर्षेनी मनाउने गरेको वत्सलेश्वरी माई, बज्रेश्वरी माई र आकाश भैरवको जात्राका लागि टिसर्ट प्रदान गरेको प्रबन्ध सञ्चालक इन्द्रप्रसाद गेलालले बताए ।

जात्रामा सहभागी हुने  र रथ तान्ने सहभागीहरुको लागि सहयोग स्वरूप संस्थाले २५० थान टि– शर्ट एवम् सहयोग सामग्री प्रदान गरिएको गेलालले बताए ।

कार्यक्रममा शिक्षा उपसमितिका संयोजक शेखर बस्नेत तथा व्यवसायिक उपसमितिका संयोजक राजकुमार श्रेष्ठलगायतको उपस्थिति थियो।

यसैबीच सहकारी दिवसको अवसरमा बालाजुस्थित तरुण माध्यमिक विद्यालय र तक्षशिला माविमा वित्तीय साक्षरता तथा सहकारी शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शिक्षक शिक्षिकाहरू समेतको उपस्थिति थियो ।

संस्थाका अध्यक्ष महाशंकर रेग्मी अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका समिति, उपसमिति एवं कर्मचारीहरू र अन्य विभिन्न ७० जना शिक्षक शिक्षिकाहरु लगायतको उपस्थिति थियो ।

कार्यक्रममा संस्थाका सचिव एवं प्रबन्ध संचालक इन्द्रप्रसाद गेलालले वित्तीय जानकारी, सहकारी संस्था र संस्थाको विषयमा प्रस्तुतीकरणमार्फत सहजीकरण गरे ।

कार्यक्रममा उपाध्यक्ष वासुदेव भट्ट, शिक्षा उपसमिति सदस्य हर्क प्रसाद जोशी तथा तरुण माविका प्रधानाध्यापक बाबुराम न्यौपाने लगायतले सहकारी क्षेत्रको भूमिका एवं मेगा ड्रिम सहकारीले गरेको कार्यको प्रशंशा गरे । कार्यक्रम संचालन संस्थाका मुख्य व्यवस्थापक प्रदिप जोशीले गरे ।



Leave a comment