हाइलाइट

महानगरले सहकारीलाई प्रोत्साहन र दण्ड गर्ने व्यवस्थाको थालनी गरेको छ : मेयर पराजुली

महानगरले सहकारीलाई प्रोत्साहन र दण्ड गर्ने व्यवस्थाको थालनी गरेको छ : मेयर पराजुली :: Sahakari Akhabar

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले महानगरका सहकारी व्यवस्थापनका लागि महानगरले काम गरिरहेको बताए । ६५ औं सहकारी दिवसको अवसरमा विराटनगर महानगरपालिले आयोजना गरेको महानगरपालिका कार्यक्षेत्रमा रहेका सहकारीहरुबीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै पराजुलीले सहकारीको मापदण्ड अनुसार सञ्चालन भएका सहकारीलाई प्रोत्साहन गर्ने र मापदण्ड विपरित सञ्चालन भएका सहकारीलाई दण्ड सजाय गर्ने काम महानगरले गरिरहेको बताए ।

महानगरपालिकामा रहेका धेरै सहकारी बचत तथा ऋणमा सिमित भईरहेको पनि उनको भनाई छ । सहकारीहरु नाफा र घाटामा मात्र सिमित भईरहेको अवस्थामा अब सहकारी टिक्न नसक्ने पराजुलीको भनाई छ ।

सहकारीहरुले आफ्नो लागि घरजग्गा किन्ने, घर बनाउने, सदस्यलाई भ्रमण गराउने, तालिम गराउने काम गरेर मात्र सहकारी अघि बढ्न नसक्ने बताउँदै उनले अब सहकारीहरु जनमुखी हुनुपर्नेमा जोड दिए ।

सहकारीले सामाजिक उतरदायित्वको क्षेत्रमा काम नगरे र जनमुखी नभए सहकारी अभियान अघि बढ्न नसक्ने उनको भनाई छ । अन्तरक्रिया कार्यक्रममा प्रदेश १ सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार हरिबहादुर खत्रीले सहकारी उद्यमका बहुउपयोगिताका क्षेत्र र यसका संभावना विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

जिल्ला सहकारी संघ मोरङका सल्लाहाकार रामचन्द्र गौतमले सहकारीका कानुनका विषयमा जानकारी गराएका थिए । सहकारी कानुनको बारेमा जानकारी गराउँदै गौतमले विराटनगर महानगरपालिकाका धेरै सहकारीहरुले एउटा न एउटा काम ऐन विपरित गरेको बताए ।

कानुनको पालनाको विषयमा हेर्ने हो भने महानगरका ९९.९९ प्रतिशत सहकारी दण्ड र सजायको भागीदार हुने उनको भनाई छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नाराका साथ यही चैत्र २० गते ६५ औं सहकारी दिवस देशभर मनाईदै छ ।


 



Leave a comment