काठमाडौ । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विराटनगर महानगरपालिकाले सहकारी अखबारकर्मी चीना थापालाई सम्मान गरेको छ । सहकारी दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको महानगरपालिका कार्यक्षेत्रमा रहेका सहकारीहरु बीचको अन्तरक्रिया कार्यक्रममा अखबारकर्मी थापालाई सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाएको भन्दै सम्मान गरेको हो ।
महानगरले थापालगायत सहकारी संस्थालाई पनि सम्मान गरेको छ । कार्यक्रममा समयमा नै सहकारीको साधारण सभा तथा लेखा परिक्षणको प्रतिवेदन बुझाउने श्रृडी बचत तथा ऋण सहकारी संस्था र कोपोमिस सफ्टवयर प्रयोग गरेर नियमित रिपोर्ट पठाउने बुद्धोदय बचत तथा ऋण सहकारी संस्था र श्रीगणेश बचत तथा ऋण सहकारी संस्थालाई नगद २ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।
Leave a comment