काठमाडौं । पोखरा महानगरपालिका सहकारी संघले ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विविध कार्यक्रम गर्ने भएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ थिममा देशभर सहकारीले दिवस मनाइरहेका छन् । सहकारी संघसंस्थाहरुले साताव्यापी कार्यक्रम गरिरहेका छन् ।
पोखरा महानगर संघले चैत्र १७ गते बिहीबार बिहान साढे ७ बजे महानगर कार्यालय अगाडि रक्तदान गर्ने भएको छ । १८ गते शुक्रबार सहकारी जागरण एवम् प्रचार प्रसार गर्ने भएको छ । १० गते शनिबार सरसफाइ कार्यक्रम राखिएको छ । सम्पूर्ण सहकारी कार्यालयका परिसरमा सरसफाइ गर्न आह्वान गरिएको छ । चैत्र २० गते आइतबार अन्तरक्रिया कार्यक्रम गर्ने त य भएको अध्यक्ष बलराम गौतमले जानकारी दिए ।
त्यसैगरी ललितपुरको प्रतिभा बचत तथा ऋण सहकारी संस्था र सामाजिक बचत तथा ऋण सहकारी संस्थाले शनिबार खुला रक्तदान गर्ने भएका छन् । लगनखेल बसपार्क अगाडि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संयुक्तरुपमा रक्तदान गर्न लागिएको हो ।
६५ औं राष्ट्रिय सहकारी दिवस जिल्ला मूल समारोह समिति ललितपुरले मंगलबजार र गोदावरीमा १९ र २१ गते रक्तदान गर्ने भएको छ । चैत्र २० गते लगनखेलमा भेला भई कुमारीपार्टी, जाउलाखेल, पुल्चोक, ग्वा बहाल हुँदै मंगलबजारमा औपचारिक कार्यक्रम हुने भएको छ । त्यस्तै संघले नै २१ गते महालक्ष्मी र गोदावरीमा गोष्ठी र अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
जिल्ला सहकारी संघ कास्कीले संघको प्रांगणमा चैत्र १८ गते अन्तरक्रिया गर्ने भएको छ । चैत्र १९ गते सार्वजनिक स्थान, मठमन्दिर एवम् सहकारी संस्थाका कार्यालय परिसर सरसफाइ हुने भएको छ । चैत्र २० गते सहकारी व्यवस्थापन :प्रविधि र सुसाशन विषयमा अन्तरक्रिया गर्ने भएको छ ।
सभागृहमा हुने कार्यक्रममा पूर्व सचिव गोपिनाथ मैनली सहभागी हुनेछन् । सूचना तथा प्रचार प्रसार उपसमितिका संयोजक दिपकराज बास्टोलाले भव्य कार्यक्रम गर्ने जानकारी दिए । यहाँ दिवस मनाउन ७ सय १ जनाको मूल व्यवस्थापन समिति गठन भएको छ ।
त्यसैगरी सहकारी संघ काठमाडौंले पालिकास्तरमा कार्यक्रम गर्ने भएको छ । कार्यक्रम तय गर्नका लागि दिउँसो ३ बजे पालिकास्तरसँग बैठक डाएिको छ । काठमाडौं संघले ११ वटै पालिकामा संघ गठन गरेको छ । उपाध्यक्ष खेमराज सुवेदीले बैठकमा पालिका संघहरुले कार्यक्रम ल्याउने बताए । त्यसैका आधारमा दिवसका कार्यक्रम सञ्चालन हुनेछन् ।
Leave a comment