ललितपुर । ठेचो सहकारी समन्वय समितिले सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम दिएको छ । समितिले ललितपुरको ठेचोमा संचालित सहकारी संस्थाहरूलाई सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि प्रयोगात्मक तालिम संचालन गरेको हो ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको प्राविधिक सहयोगमा बचत संघको हलमा तालिम भएको थियो । तालिमको बचत संघका व्यवस्थापक सन्तोष बजगाईले सहजीकरण गरेका थिए । तालिममा २९ जनाको सहभागी रहेको थियो ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया