हाइलाइट

सहकारी दिवसमा पाँचताराद्धारा रक्तदान कार्यक्रम

सहकारी दिवसमा पाँचताराद्धारा रक्तदान कार्यक्रम :: Sahakari Akhabar

काठमाडौ । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रारम्भीक सहकारीले बिबिध कार्यक्रम गरिरहेका छन् । संस्थाहरुले सदस्यहरुलाई सहकारी शिक्षालगायत भेटघाट, स्वस्थ्य, शिक्षालगायत सामाजीक कार्यक्रम गर्ने गरेको पाइएको छ ।

पुरानो सिनामंगल ३२ मा रहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले  रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले चैत्र २० गते बिहान ८ देखि १२ वजे सम्म संस्था परिसरमा रक्तदान कार्यक्रम हुने जनाएको छ।

सहकारी दिवस तथा संस्थाको १४ औँ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाकी ब्यवस्थापक राधा कडरियाले बताइन्।

कार्यक्रमलाई काठमाडौ जिल्ला बचत तथा ऋण सहकारी संघ(कास्कून) तथा ब्लड डोनर्स एसोसिएसन नेपाल(ब्लोदान) पूर्विभेगिए क्षेत्रिय कमिटि कोटेश्वरले सहयोग गरेको छ।

राष्ट्रिय सहकारी महासघंले अघिल्लो वर्ष नै तय गरेको ‘मर्यादित व्यवसाय तथा प्रविधिमा सहकारी’ थिमलाई निरन्तरता दिएको छ । उक्त थिममा आधारित भएर सहकारीहरुले दिवस मनाइरहेका छन् । नेपालमा हरेक वर्ष चैत २० गते सहकारी दिवस मानाउने गरिएको छ।



Leave a comment