हाइलाइट

मोरङले लेटाङमा मनाउने सहकारी दिवस, र्यालीमा उत्कृष्ट हुनेलाई पुरस्कार

मोरङले लेटाङमा मनाउने सहकारी दिवस, र्यालीमा उत्कृष्ट हुनेलाई पुरस्कार :: Sahakari Akhabar

चीना थापा, विराटनगर । जिल्ला सहकारी संघ मोरङ ६५ औं सहकारी दिवस मोरङको लेटाङमा मनाउने भएको छ । १७ स्थानिय तह रहेको मोरङमा संघ हरेक बर्ष दिवस फरक फरक स्थानमा मनाउने गरेको छ । गत बर्ष संघ मोरङको पथरीशनिश्चरेमा दिवस मनाएको थियो ।

दिवस मनाउनको लागि संघले मूल समारोह समिति गठन गरेको छ । जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल संयोजक र हेरम्बराज भट्टराई सहसंयोजक रहेको ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरेको हो । २१ सदस्यीय व्यवस्थापन समिति पनि गठन गरेको छ ।

हेरम्बर भट्टराईको संयोजकत्वमा स्थानिय व्यवस्थापन समिति पनि गठन गरिएको छ । संघका अध्यक्ष पोखरलेका अनुसार आर्थिक संकलन समिति, प्रचार प्रसार समिति, स्वयमसेवक समिति, मञ्च व्यवस्थापन समिति, शौचालय व्यवस्थापन समिति, खानेपानी व्यवस्थापन समिति, प्राथमिक उपचार समिति, र्याली व्यवस्थापन समिति, स्वागत सत्कार समिति, सरसम्पर्क प्रचार समिति गठन गरिएको छ ।

दिवसको अवसरमा १९ गते साँझ सहकारीहरुले आ आफ्नो कार्यालयमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको अध्यक्ष पोखरेलले जानकारी दिए । दिवसमा सहभागि हुने सहकारीलाई हरियो पृष्ठभूमिको कपडा वा फ्ल्यासमा ३/६ को व्यानर बनाउन मूल समारोह समितिले आग्रह गरेको छ ।

दिवसको दिन कार्यक्रममा सहभागि सहकारी संघ संस्थाहरुको सहभागि संख्या, तिनीहरुको मौलिक पहिचाहन र झाँकी सहितको मूल्यांकन गरि, प्रथम,द्धितीय र तृतिय हुनेलाई पुरस्कार प्रदान गर्ने पोखरेलले जानकारी दिए । प्रथम, द्धितीय र तृतिय हुनेलाई क्रमश : ५ हजार,  हजार र २ हजार प्रदान गरिने उनले जानकारी दिए ।

सहकारी संघ संस्थाले उत्पादन गरेका बस्तुको बिक्री तथा प्रदर्शनको व्यवस्था गरिएको पोखरेलले बताए । बिक्री तथा प्रदर्शनमा राख्न चाहाने सहकारी संस्थालाई चैत्र १८ सम्ममा जानकारी गराउन आग्रह गरिएको उनले बताए ।

चैत्र १४ गतेदेखि १९ गतेसम्म विभिन्न सहकारीले रक्तदान, स्वास्थ्य शिविर, सरसफाई, निवन्ध, कविता प्रतियोगिता, खेलकुद वा अन्य कुनै रचनात्मक कार्यक्रम सञ्चालन गर्न र गरिएको कार्यक्रमहरु मूल समारोह समितिलाई जानकारी दिन आग्रह गरिएको उनको भनाई छ ।

मोरङको लेटाङमा आयोजना हुने ६५ औं सहकारी दिवको कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङ रहेका छन् । प्रदेश सरकारका विभागिय मन्त्री लगायतका राजनीतिक दलका व्यक्तित्वहरुको कार्यक्रममा उल्लेखीय सहभागिता हुने जनाईएको छ । मोरङमा स्थानिय तहले छुट्टै कुनै पनि कार्यक्रम नगरेकाले स्थानिय तहको पनि सहभागिता रहने पोखरेलले जानकारी दिए ।



Leave a comment