हाइलाइट

चन्द्रागिरि साकोसद्धारा उद्यमशीलता विकास तालिम सुरु

चन्द्रागिरि साकोसद्धारा उद्यमशीलता विकास तालिम सुरु :: Sahakari Akhabar

काठमाडौ । चन्द्रागिरि बचत तथा ऋण सहकारीले आफ्ना सदस्यहरुलाई उद्यमशीलता विकास तालिमको आयोजना गरेको छ । संस्थाले सदस्यहरुमा उद्यमशीलता विकास गर्ने उद्देश्यले आजदेखि उक्त तालिम सुरु गरेको जनाएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा सुरु भएको तालिम चैत्र २२ गते सम्म सञ्चालन हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जनाए ।

तालिममा व्यवसायीक योेजना तर्जुमा, उद्यम सञ्चालन, उद्यमको कारोवार व्यवस्थापनको विषयमा सिकाइने छ । साथै बैंक वित्तीय संस्थाबाट प्राप्त हुने सहुलियत कर्जा सम्बन्धी ज्ञान र सफल उद्यमीको सफलताको अनुभव साटासाटको विषयमा प्रशिक्षण दिईने जनाइएको छ ।

संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरको अध्यक्षतामा सुरु भएको तालिम कार्यक्रममा संस्थाका सहसचिव शरद कुँवर, तालिम सहजकर्ता डा. रामजी न्यौपाने, लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका प्रमुख ऋषिराम पंगेनी र संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले तालिमका विषयमा चर्चा गरेका थिए ।



Leave a comment