सहकारी दिवस : सहकारीका विविध कार्यक्रम

सहकारी दिवस : सहकारीका विविध कार्यक्रम :: Sahakari Akhabar

काठमाडौं । ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा प्रारम्भीक सहकारीले बिबिध कार्यक्रम गर्न थालेका छन् । संस्थाहरुले सदस्यहरुलाई सहकारी शिक्षालगायत भेटघाट कार्यक्रम समेत राखेका छन् । सहकारीलाई शिक्षित बनाउन सहकारीसम्बन्धी प्रशिक्षणलगायतका कार्यक्रम राखिएको सहकारीहरुले जनाएका छन् ।

शान्तिनगरमा रहेको बाबियाखर्क बचत तथा ऋण सहकारी संस्थाले  सदस्य सेवा केन्द्र जोरपाटीका सदस्यहरुलाई सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम राखेको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ नयाँवस्तीमा आउँदो शनिबार कार्यक्रम गर्ने संस्थाले जनाइएको छ । चाल्स डार्बिन एकेडेमीमा १९ गते साढे १ बजे कार्यक्रम हुने भएको हो ।

त्यस्तै भक्तपुरको शंखधर बचत तथा ऋण सहकारी संस्थाले चैत्र १८ गते शुक्रबार सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सहकारीको शिक्षा उपसमितिले सबै सदस्यलाई उपस्थिति हुन अनुरोध गरेको छ । शंखधर पार्टी प्यालेसमा बिहान साढे ७ बजेदेखि कार्यक्रम सुरु हुने जनाइएको छ ।

दिवसकै अवसरमा सुवर्णपुर बहुउद्देश्यीय सहकारी संस्था र स्वागतम साकोसले संयुक्तरुपमा चियापान तथा भेटघाट कार्यक्रम राखेकाछन् । चापागाउँ दोवाटोस्थित कान्तिपुर फुड क्याफेमा बिहान ८ बजे कार्यक्रम हुने जनाइएको छ । सहकार्य, सहमति र सद्भावका लागि दिवस मनउन लागिएको आयोजकको भनाइ छ ।

राष्ट्रिय सहकारी महासघंले अघिल्लो वर्ष नै तय गरेको ‘मर्यादित व्यवसाय तथा प्रविधिमा सहकारी’ थिमलाई निरन्तरता दिएको छ । उक्त थिममा आधारित भएर सहकारीहरुले दिवस मनाइरहेका छन् ।



Leave a comment