पोखरा । जिल्ला सहकारी संघ कास्कीले राष्ट्रिय सहकारी दिवस मनाउन ७०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । संघले ६५ औँ राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति गठन गरि बिबिध कार्यक्रम तय गरेको हो ।
संघले तीन दिनसम्म विविध कार्यक्रम गर्ने तयारी गरिएको जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष सावित्रा कोइरालाले बताइन् । उनले बिगतको वर्षहरुमा प्रभातफेरी,र्याली, झाँकी, पञ्चे बाजा सहित सहकारी दिवस मनाउने गरिएको थियो ।
कोरोना महामारीले गर्दा २ वर्ष यता सामान्य ढंङगले दिवस मनाएको र यो वर्ष केही फरक तरिकाले मनाउन लागिएको बताइन् । सहकारीकर्मीहरुका लागि सहकारी दिवस चाड भएकाले देशभरीनै सकरात्मक सन्देश जाने खालका कार्यक्रम गरेर दिवस मनाने कोइरालाले बताइन ।
संघले चैत १८ गते रक्तदान कार्यक्रम, १९ गते सामाजिक क्षेत्र, माठमन्दिर, सहकारीका कार्यालयमा सरफाई कार्यक्रम र २० गते सहकारी सचेतना मुलक अन्तक्रिया कार्यक्रम र साझ दिप प्रज्वलन गरेर सहकारी दिवस मनाउने तयारी भएको कोइरालाले बताइन ।
साथै संघले आ–आफ्नो संस्थामा विभिन्न कार्यक्रम आयोजना गरेर सहकारी दिवस मनाउन आव्हान गरेको छ । चैत २० गते नेपालमा सहकारीको शुरुवात भएको ऐतिहासिक दिनका रुपमा लिइन्छ ।
उक्त दिन देशभर राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । २०१३ साल चैत २० गते पहिलो सहकारी स्थापना भएको दिनलाई सम्झना गर्दै राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।
Leave a comment