पोखरा । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले अत्याधुनिक मोबाईल बैंकिङ सेवा सुरु गरेको छ । संस्थाले एमबैंक टेक्नोलोजीसँग सहकार्य गरी अत्याधुनिक मोबाईल बैंकिङ सेवा सुरु गरेको हो । अब कोन सामुदायिक सहकारी संस्थाका सदस्यले मोबाईल बैंकिङ सेवा लिई विभिन्न प्रकारका डिजिटल भुक्तानी तथा कारोबार गर्न सक्छन् ।
संस्थाका सदस्यले आफ्नो खाताबाट विभिन्न बैंकमा रकम ट्रान्सफर सेवा, विभिन्न वालेटमा लोड, क्यू आर भुक्तानी, सम्पूर्ण युटिलिटी पेमेन्ट, शेयर खरिदको भुक्तानी, मेरो शेयर र डिम्याट नबिकरण गर्न सक्दछन् । त्यस्तै राजश्व भुक्तानी, ट्राफिक जरिवाना, पाठावो तथा टुटल भुक्तानी र अन्य विभिन्न सेवा मोबाईल बैंकिङ एपबाट लिन सक्नेछन् ।
सदस्यहरुलाई सहज सेवा उपलब्ध गराउन मोबाईल बैंकिङ सेवा सुरु गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत अपिल कोईरालाले जानकारी दिए । कम्पनीले हाल ५ सयभन्दा बढी सहकारी संस्थाहरुले एमबैंक मोबाईल बैंकिङ प्रयोग गर्दै आएको छ ।
कम्पनीले सहकारी बाहेक बैंक तथा वित्तीय संस्थाहरुमा पनि आफ्नो सेवा प्रवाह गर्दै आएको छ । जुनसुकै सफ्टवयर चलाउने सहकारीले पनि ‘एम बैंक’ को सेवा लिन सक्ने कम्पनीका सञ्चालक तथा मुख्य व्यवसाय प्रमुख संजय महासेठले जानकारी दिए ।
Leave a comment