सहकारी दिवसको अवसरमा उपासनाको एक घर एक सदस्य अभियान 

सहकारी दिवसको अवसरमा उपासनाको एक घर एक सदस्य अभियान  :: Sahakari Akhabar

काठमाडौं । उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले सदस्यता विस्तार अभियान सञ्चालन गरेको छ । नार्गाजुन नगरपालिकामा एक घर, एक सहकारी सदस्य अभियान सञ्चालन गरेको छ । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा उपासनाले हरेक घरधुरीलाई सहकारीको सदस्य बनाउने अभियान थालेको अध्यक्ष अमरावती बलामी महर्जनले जानकारी दिइन् । 

अभियान अन्र्तगत शनिबार नार्गाजुन नगरपालिका वडा नम्बर ७ हसनटारमा सहकारी अभिमुखीकरण तथा सहकारी शिक्षा तालिम दिइएको छ । तालिममा ६५ जना व्यक्ति सहभागी थिए । नार्गाजुनमा १६ हजार ७ सय ४६  धरधुरी छ । ६७ हजार ४ सय २० यहाँको जनसंख्या छ । उपासानाले सबै घरधुरीका एक÷एक जनालाई सदस्य बनाउन क्रियाशील भएको हो । 

नयाँ अनुहारलाई शिक्षा दिएर सहकारीमा जोड्न लागिएको अध्यक्ष महर्जनले जानकारी दिइन् । त्यसमध्ये २५ जना सोमबार जोडिन लागेको बताइन् । अध्यक्ष महर्जनले ‘सहकारी के हो ?, सदस्यको जिम्मेवार के हो ?’ लगायतका विषयमा प्रशिक्षण एिकी थिइन् । सदस्य बनाउनुअघि सहकारी शिक्षा दिनु आवश्यक भएकाले अभिमुखीकरण कार्यक्रम गरिएको उनको भनाइ छ ।

वडा नम्बर ७ मा उपासानाका सदस्य छैनन् । धेरै व्यक्ति सदस्य बन्न चाहेकाले प्रशिक्षण दिइएको उनले बताइन् । प्रशिक्षण दिदैँ महर्जनले सदस्य बनी नियमित बचत गर्दाको फाइदाबारे जानकारी गरएकी थिइन् ।उपसानाले अन्य सहकारीका अन्य सहकारीको अध्ययन, अवलोकन गरी सफल अभ्यासबारे आत्मसा तगर्ने जमर्को गरेको छ । 

संस्थाले आइतबार दक्षिणकाली महिला सहकारी, नमूना महिला बहुउघेश्यीय सहकारी, कला महिला कृषि सहकारी संस्था, गोपालेश्वर सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अध्ययन, अवलोकन भ्रमण गरेको छ।अध्ययनका क्रममा देखिएका अनुकरणीय अभ्यास उपासनामा पनि कार्यान्वयन गर्न सकिने अध्यक्ष महर्जनले बताइन् ।



Leave a comment