हाइलाइट

बचत संघ भक्तपुरको बजारप्रतिनिधि क्षमता अभिबृद्धि तालिम सम्पन्न

बचत संघ भक्तपुरको बजारप्रतिनिधि क्षमता अभिबृद्धि तालिम सम्पन्न :: Sahakari Akhabar

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघले बजारप्रतिनिधको क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा स्वीट होम, भक्तपुरमा सम्पन्न तालिमको नेफ्स्कूनले प्राविधिक सहयोग गरेको हो ।

संघले आयोजना गरेको एकदिने बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिममा संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्थाको सेवा सदस्यको घरदैलोमै पुर्याउने आवधारणा अनुसार तालिमको आयोजना गरिएको जानकारी दिए । उनले बजार प्रतिनिधिले रकम संकलन गर्ने काम मात्र नगरी सहकारीको मुल्य मान्यता र सिद्धान्तबारे ज्ञान हासिल गरी सदस्यलाई सेवा दिनुपर्ने बताए ।

संघका संचालक एंव उपसमितिका संयोजक इन्द्रप्रसाद व्यान्जुले संस्थाका बजार प्रतिनिधि संस्थाको प्रमुख सेवा प्रदायक भएकोले संस्थाको बस्तु तथा सेवा विक्रीमा महत्वपुर्ण भुमिका रहने कुरा बताए । नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले तालिमको सहजिकरण गरेका थिए ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीका बस्तु तथा सेवा बजारमा सदस्यमाझ पु¥याउनुको साथै सदस्यको नियमित हेरचाह र सहकारी शिक्षा, सन्देश प्रवाहमा बजार प्रतिनिधिले जोड दिनुपर्ने कुरा बताए । तालिममा ३३ जना बजार प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



Leave a comment