हाइलाइट

शिक्षक कल्याण साकोसको जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न 

शिक्षक कल्याण साकोसको जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न  :: Sahakari Akhabar

दोलखा । शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

संस्थाको रजत महोत्सवको अवसरमा आयोजना गरेको पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने विद्यालयहरुको जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको हो । जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता चरिकोटको द राईजिङ्ग स्टार बोर्डिङ स्कुलमा सम्पन्न भएको हो ।

जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगितामा त्रिपुरा ग्लोरियम एकेडेमी भिमेश्वर नगरपालिका प्रथम भएको छ । त्यसैगरी सितापाईला मावि तामाकोशि गाउँपालिका द्वितीय हिलेपानि संस्कृत मावि कालिञ्चोक गाउँपालिका तृतीय र कालिका मावि शैलुङ्ग गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

जिल्लाका सबै स्थानीय तहमा अन्तर बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता चैत्र ४ गते सम्पन्न भएको थियो । प्रतियोगितमा प्रथम हुने विद्यालयहरु त्रिपुरा ग्लोरियम एकेडेमी भिनपा, कालिका मावि ठूलोपातल जिरि नगरपालिका, बैतेश्वर मावि बैतेश्वर गापा रहेका थिय ।

त्यसैगरी हिलेपानी संस्कृत मावि कालिन्चोक गापा, थम्पु मावि विगु गापा, खारे मावि गौरिशंकर गापा, सितापाईला मावि तामाकोशि गापा,कालिका मावि फस्कू शैलुङ गापा र सत्यश्वर मावि पवटी मेलुङ बिच प्रतिश्प्रर्धा भएको थियो । 
 



Leave a comment