हाम्रो देशमा पनि लागु गर्ने अपेक्षा राखौ । सहकारी संस्थाहरुले अबका केही बर्षमा नै अनिवार्य लागू गर्नुपर्ने अवस्था छ । यसको लागि पुर्व तयारीमा जुट्नुपर्ने देखीन्छ । यसका लागि सहकारी संस्थाको मानव संशाधन तयारी अवस्थामा बस्नुपर्ने देखीन्छ ।
सहकारी संस्थाहरु राज्यको सहकारी ऐन, नियमावली, निर्देशन र परिपत्रहरुलाई पालना गर्दै अगाडि बढ्नु पर्ने हुन्छ । सहकारी संस्थाहरुमा आर्थिक बर्ष भरीमा बिभिन्न आर्थिक कारोवारहरु हुन्छन् ति आर्थिक कारोवारहरु गरेको बिधि, राखेको अभिलेख तरीकालगायतका कुराहरु सहि छ वा छैन भनेर बार्षिक रुपमा बाह्य लेखापरीक्षण गराउनु पर्ने कानुनी ब्यवस्था छ ।
यसरी लेखा अभिलेखन र लेखा राख्ने तरीका तथा बाह्य लेखापरीक्षण गर्नको लागि सर्वमान्य स्वीकृत लेखा सिद्धान्त (General Accepted Accounting Principle-GAAP) को प्रयोग हुँदै आएको थियो । यस बिधिअनुसार लेखा राख्दा क्यास बेसिस लाई आधार मान्दै लेखा राख्दै आएको अवस्था थियो ।
राज्यको संघीय सहकारी ऐन–२०७४ को परिच्छेद १२ लेखा र लेखापरीक्षण अन्तर्गत दफा ७४ मा सहकारी संस्थाको कारोवारको लेखा दोहोरो लेखा प्रणालीमा आधारीत र कारोवारको यथार्थ स्थिति स्पष्ट रुपमा देखिने गरी प्रचलीत कानून बमोजिम अधिकार प्राप्त निकायले लागू गरेको लेखामान (एकाउन्टिङ स्टयाण्डर्ड) र यस ऐन बमोजिमपालना गर्नु पर्ने अन्य शर्त तथा व्यवस्था बमोजिम राख्नु पर्नेछ भनि उल्लेख गरीएको छ।
नेपालको आईक्यान एक्ट अनुसार लेखामान निर्धारण गर्न लेखामान बोर्ड (Accounting Standard Board-ASB) र लागु गर्ने अधिकारी प्राप्त निकाय भनेको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (The Institute of Chartered Accountants of Nepal-ICAN) हो ।
लेखामान बोर्डले नेपालको लेखा प्रणाली नेपाल बित्तिय प्रतिवेदनमानक (Nepal Financing Reporting Standard-NFRS) अनुसार राख्नको लागिअवधारणा बिकास गरीसकेको छ भने नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (ICAN) ले नेपाल बित्तिय प्रतिवेदन मानक (NFRS) लाई लागु गर्न उत्प्रेरीत गरीरहेको छ ।
कोभिड महामारीको कारण केही सहजता निर्माण गर्नको लागि बि.सं. २०८० सम्म स्वच्छिक र त्यसपछि अनिवार्य यसलाई कार्यान्वयन गर्न लागेको देखिन्छ । सहकारी संस्थाहरुले आफ्नो कारोवारको आकार अनुसार नेपाल बित्तिय प्रतिवेदन मानक (एनएफआरएस) लागु गर्नुपर्ने अवस्था देखीन्छ ।
कुनै पनि सहकारी संस्थाको कुल वासलात एक अर्ब भन्दा माथि भएमा वा बाह्य ऋण पचास करोड भन्दा बढी भएमा वा तिन सय भन्दा बढी कर्मचारी भएमा वा एक अर्व भन्दा माथि बार्षिक कारोवार भएमा ठूलो संस्था मानेर पूर्ण रुपमा एनएफआरएस लागु गर्नुपर्छ ।
अब यस बिधि प्रयोग गरेपछि धितोका सुरक्षणको आधारमा पनि सन्चीती गणना गर्नुपर्ने देखीन्छ । यसरी दोहोरो गणना गर्दा जुन बिधिबाट बढी सन्चीती आउँछ सोही रकमलाई संस्थाले सन्चीती गर्नुपर्ने देखीन्छ । तर राज्यको नियमानुसार जम्मा ऋण लगानीको पाँच प्रतिशत भन्दा बढी ऋण सुरक्षण गरेमा पाँच प्रतिशत भन्दा बढी रकमको कर भुक्तानी गर्नुपर्ने ब्यवस्था छ ।
कुल वासलात १० करोड देखी एक अर्बसम्म भएमा वा बाह्य ऋण पाँच करोड देखी पचास करोड भएमा वा बार्षिक कारोवार दश करोड देखी एक अर्व भएमा एनएफआरएस फर स्मल एण्ड मिडिएम ईन्टीटी लागु गर्नुपर्ने देखिन्छ । त्यसैगरी कुल वासलात १० करोड सम्म वा बाह्य ऋण पाँच करोड सम्म वा बार्षिक कारोवार १० करोडसम्म मात्र भएमा एनएफआरएस फर माईक्रो ईन्टीटी लागु गर्नुपर्छ ।
केही सहकारी संस्थाले यस बिधिलाई प्रयोग गरीसकेको पाईन्छ । यस बिधि प्रयोग गर्नु पुर्व सहकारी संस्थाहरुले केही पुर्व तयारी गरेमा यो बिधि लागु गर्न सहज हुने देखीन्छ । यस विधि लागु गर्नको लागि जुन आर्थिक बर्ष बाट लागु गर्न लागिन्छ सो भन्दा अघिल्ला दुई बर्षको लेखापरीक्षण प्रतिवेदनलाई समेत यस विधिमा परिणत गर्नुपर्नेछ ।
यसको लागि बिगत दुई बर्षको लेखापरीक्षण प्रतिवेदनको ईकपी भएमा सजिलो हुने देखीन्छ । यस बिधिमा जानको लागि संस्थामा भएको सम्पत्तिहरुको खरिद मिति, खरिद मुल्य, अनुमानित कार्य जिवनको अभिलेख आवश्यकता पर्दछ ।
स्थिर सम्पतिहरुको ह्रास कट्टा गर्दा हामीले कर प्रयोजनको लागि आवश्यक पर्ने ह्रास प्रणाली भन्दा फरक हिसावमा ह्रास कट्टा गर्न सकिने रहेछ । कर प्रयोजनको लागि आर्थिक ऐनमा ब्यवस्था भए बमोजिम कर निर्धारण गर्ने र यो विधि अनुसार गरीएको ह्रास लेखांकन अनुसार फरक परेको कर लाई डिफर टयाक्स् मा समायोजन गरी राख्नुपर्ने आवश्यकता देखीन्छ ।
संस्थाले लगानी गरेको ऋणको ब्याज गणना बिधिमा पनि केही फरकता देखीन्छ । यस बिधिमा ईफेक्टीभ ईन्ट्रेस्ट रेट क्याल्कुलेसन गर्नुपर्नेछ । सहकारी संस्थाहरुले लिने ब्यवस्थापन शुल्क लाई ग्याप बिधिमा लिएकै आर्थिक बर्षमा आम्दानी बाँध्ने ब्यवस्था छ तर एनएफआरएस बिधिमा गएपछि त्यसलाई पनि ऋणको जम्मा अवधिमा बिभाजन गर्नुपर्ने देखीन्छ ।
यस बिधिमा उठ्न बाँकी ऋणको तिन महिना सम्मको ऋणको ब्याजलाई एकुरल बेसिस अनुसार ब्याज आम्दानी बाँध्न मिल्ने देखीन्छ । भाखा नाघेको ऋणको लागि सन्चीती गर्दा ऋण प्रवाह गर्दा राखीएको धितोको बर्तमान मूल्यांकन अंक के कति हुन्छ सो लाई आधार मान्नु पर्ने देखीन्छ ।
हामीले पल्र्स अनुगमन प्रणाली अनुसार एक बर्ष भन्दा बढी भाखा नाघेको ऋणको लागि शत प्रतिशत, एक बर्ष सम्म भाखा नाघेको ऋणको लागि पैतिस प्रतिशत र असल ऋणको लागि एक प्रतिशत ऋण सुरक्षण कोषमा सन्चीती गर्नुपर्ने अवस्था थियो ।
अब यस बिधि प्रयोग गरेपछि धितोका सुरक्षणको आधारमा पनि सन्चीती गणना गर्नुपर्ने देखीन्छ । यसरी दोहोरो गणना गर्दा जुन बिधिबाट बढी सन्चीती आउँछ सोही रकमलाई संस्थाले सन्चीती गर्नुपर्ने देखीन्छ । तर राज्यको नियमानुसार जम्मा ऋण लगानीको पाँच प्रतिशत भन्दा बढी ऋण सुरक्षण गरेमा पाँच प्रतिशत भन्दा बढी रकमको कर भुक्तानी गर्नुपर्ने ब्यवस्था छ ।
बर्तमान अवस्थामा कर्मचारीहरुको टर्नओभर कम गर्नको लागि, संस्थामा कर्मचारी टिकाई राख्नको लागि, अनुभवी कर्मचारीबाट सहकारी संस्थाका शेयर सदस्यहरुलाई प्रभावकारी सेवा प्रवाह गर्नको लागि कुनै कुनै सहकारी संस्थाहरुले कर्मचारीहरुलाई सहुलिएत दरमा ऋण प्रदान गर्ने गरेका पाईन्छ ।
एनएफआरएस बिधिबाट सन्चीती गणना गर्दा बिना धितो ऋण प्रवाह गर्ने सहकारी संस्थाहरुले केही बढी सन्चीती गर्नुपर्ने अनुमान गर्न सकिन्छ । संस्थाले कार्यालय भाडामा लिएको छ र भाडा प्रत्येक केही बर्षमा बृद्धि हुने सम्झौता गरेको छ भने सम्झौता अवधिको सबै भाडा गणना गरी प्रत्येक बर्ष बराबर खर्च देखाउनु पर्ने ब्यवस्था हुन्छ ।
संस्थामा कर्मचारीहरु भर्ना गरीएको हुन्छ । कर्मचारीहरुको बिदाको रकम संस्थाले भुक्तानी दिनुपर्नेमा राखेको हुन्छ । यसै गरी कर्मचारीको उपदानको लागि संस्थाको कर्मचारी प्रशासन नियमावलीमा यसरी दिने भनि ब्यवस्था गरेको तर उक्त नियमावली बमोजिम दिन पुग्ने वा नपुग्ने वा वढी रकम हुन सक्छ ।
यसको लागि जोखिमको तह, ईन्फल्यासन रेट, भविश्यमा परिवर्तन हुने ब्याजदर आदी बिश्लेषण गर्नको लागि छुट्टै एक्चुरियल अडिट गराउनुपर्ने र उक्त कार्यको लागि बर्तमान अवस्थामा आवश्यक डाटाहरु सहित सम्बन्धित फर्ममा पठाउनु पर्ने बाध्यता छ । यसरी एक्चुरियल अडिट गराएर आएको अंक बाह्य लेखापरीक्षणमा समावेस गर्नु पर्नेछ ।
बर्तमान अवस्थामा कर्मचारीहरुको टर्नओभर कम गर्नको लागि, संस्थामा कर्मचारी टिकाई राख्नको लागि, अनुभवी कर्मचारीबाट सहकारी संस्थाका शेयर सदस्यहरुलाई प्रभावकारी सेवा प्रवाह गर्नको लागि कुनै कुनै सहकारी संस्थाहरुले कर्मचारीहरुलाई सहुलिएत दरमा ऋण प्रदान गर्ने गरेका पाईन्छ ।
यस्तो ब्यवस्था छ भने एनएफआरएस बिधिबाट लेखापरीक्षण गराउदा छुट्टै तरीका प्रयोग गरी ऋण लगानी तथा असुल गर्नु पर्ने देखीन्छ । बाणीज्य शास्त्र अन्तर्गत लेखाशास्त्र बित्तशास्त्रमा टाइम भ्यालु अफ मनिको अवधारण अध्ययन तथा हिसाव प्राक्टीस गर्ने गरेको तर ब्यवहारमा त्यति नआएको अवस्था थियो ।
यो बिधि लागु गर्न केही कठिन त अवश्य छ तर असम्भव पनि छैन । यो लागू गर्नका लागि तयारी गर्न मानव संसाधनले आँट गर्न सक्ने अवस्था छैन भने दक्ष मानव संशाधनको ब्यवस्था गर्नुपर्दछ । त्यो पनि सम्भावना छैन भने संघीय सहकारी ऐन २०७४ को परिच्छेद १५ दफा ८७ तथा संघिय सहकारी नियमावली २०७५ को परिच्छेद ९ नियम ३९ लाई सहजै प्रयोग गर्न सकिने अवस्था छदैछ ।
अब एनएफआरएस बिधि आएपछि अध्ययन गरेको बिषयबस्तुहरु ब्यवहारमा लागु गर्ने अवस्था आएको छ । यस बिधि प्रयोग गर्दा मुद्रा स्फिति र मुद्रा संकुचनको प्रभाव, समय अनुसार मुद्राको मुल्य समेत ध्यान दिनुपर्ने अवस्था आएको छ ।
सहकारी संस्थामा यो विधि लागु हुदैगर्दा सहकारी संस्थाको लागि सफ्टवयर प्रदान गर्ने सफ्टवयर कम्पनीहरुले अव यस विधि अनुसार जतिसक्दो चाँडो सफ्टवयर बिकास गर्नुपर्ने आवश्यकता देखीएको छ । जव नयाँ अवधारणाको बिकास हुन्छ तव केही चुनौतीको साथै धेरै अवसरहरु प्राप्त हुन्छ ।
यसै अनुसार अव सहकारी संस्थामा सफ्टवेयर प्रदान गर्ने कम्पनीहरुले यस अवधारणा सहित बिकास गर्न नसकेमा बजारमा प्रतिस्पर्धामा पछाडि पर्नुपर्ने देखीन्छ । यो विधि बिकसित राष्ट्रहरुले राज्यको सरकारी अभिलेख र लेखापरीक्षण प्रणालीमा समेत लागु गरीसकेको अवस्था छ ।
हाम्रो देशमा पनि लागु गर्ने अपेक्षा राखौ । सहकारी संस्थाहरुले अबका केही बर्षमा नै अनिवार्य लागू गर्नुपर्ने अवस्था छ । यसको लागि पुर्व तयारीमा जुट्नुपर्ने देखीन्छ । यसका लागि सहकारी संस्थाको मानव संशाधन तयारी अवस्थामा बस्नुपर्ने देखीन्छ ।
यो बिधि लागु गर्न केही कठिन त अवश्य छ तर असम्भव पनि छैन । यो लागू गर्नका लागि तयारी गर्न मानव संसाधनले आँट गर्न सक्ने अवस्था छैन भने दक्ष मानव संशाधनको ब्यवस्था गर्नुपर्दछ । त्यो पनि सम्भावना छैन भने संघीय सहकारी ऐन २०७४ को परिच्छेद १५ दफा ८७ तथा संघिय सहकारी नियमावली २०७५ को परिच्छेद ९ नियम ३९ लाई सहजै प्रयोग गर्न सकिने अवस्था छदैछ ।
Leave a comment