भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारीले सञ्चालकहरुलाई क्षमता अभिवृद्धि तालिम दिएको छ । (नेफ्स्कून)को प्राविधिक सहयोगमा पोखरामा आवासीय तालिम सम्पन्न भएको व्यवस्थापक सुजेन्द्र श्रेष्ठले जानकारी दिए ।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम समापन समारोहमा साकोसका सहभागी सञ्चालकहरुलाई प्रमाणपत्र वितरण गर्दै पोखरासम्म आई तालिम सञ्चालन गर्न आएकोमा आभार व्यक्त गरेकी थिइन् । संस्थाहरु नीति, विधि र प्रविधिलाई जोड दिई सहकारी अभियानमा अघि बढ्नु पर्ने उनले बताइन् ।
संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्वमा भएको समापन समारोहमा तालिमबाट प्राप्त ज्ञान सीप साकोस सञ्चालनमा उपयोगीमूलक बन्ने विश्वास व्यक्त गरे । संस्थाका उपाध्यक्ष पञ्चकृष्ण श्रेष्ठले स्वागत मन्तव्य र साकोसका सचिव पृथ्वीराम श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
५ दिने तालिममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेशप्रसाद तिमिल्सिना, वरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले र नेफ्स्कून पोखरा फिल्ड कार्यालयका प्रमुख सूर्यप्रसाद तिमिल्सिनाले प्रशिक्षणको सहजिकरण गरेको जनाइएको छ ।
Leave a comment