हाइलाइट

सहकारीलाई लेखा तालिम

सहकारीलाई लेखा तालिम :: Sahakari Akhabar

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सहकारी लेखा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । नगरपालिका अन्तर्गत सहकारी शाखाको आयोजनामा सहकारी लेखा व्यवस्थापन सम्बन्धी ७ दिने तालिम भएको हो ।

नगर क्षेत्रभित्र रहेका सहकारी संस्थाहरुको लेखा व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाई खाता ब्यबस्थापनमा प्रभावकारी हिसाबले अगाडी बढाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको जनाइएको छ । तालिमको प्रशिक्षण जिल्ला सहकारी संघका अध्यक्ष नरबहादुर खड्का र व्यवस्थापक रमेश खड्काले गरे ।

तालिमको ब्यबस्थापन सहकारी शाखाका सहायक लोक बहादुर केसीले गरे । तालिममा नगर क्षेत्रभित्र रहेको सहकारी संस्थाका अध्यक्ष तथा लेखा व्यवस्थापकहरु गरेर २५ जनाको सहभागिता थियो ।



Leave a comment